back
CTIZAN AD

उखु किसानलाई भुक्तानी दिइसकेको भन्दै यस्तो सूचना जारी गर्यो सुगर मिलले

वि.सं.२०७८ साउन १९ मंगलवार

768 

shares

१९ साउन, काठमाडौं । सुगर मिलहरुले उखुको भुक्तानी नदिएको भन्दै किसानहरुले आन्दोलनका कार्यक्रमहरु गर्दै आएको अवस्थामा एक सुगर मिलले भने आफूले किसानहरुलाई दिनुपर्ने सबै रकम भुक्तानी गरेको भन्दै सूचना नै जारी गरेको छ ।

रौतहटको श्रीराम सुगर मील्सले मंगलबार एक सूचना नै जारी गरेर आफ्नो उद्योगले किसानबाट खरिद गरेको उखुको सबै रकम भुक्तानी गरिसकेको जनाएको हो ।

उद्योगले उखु किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी रु ३ करोड बाँकी रहेको भनी विभिन्न संचारमाध्यमहरुबाट समाचार आएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको समेत जनाएको छ ।

‘यस उद्योगले उखु किसानबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम मिति २०७७ पुष ३ गते देखि सुचारु गरी भुक्तानी गरिसकेको तथ्य व्यहोरा हाम्रा सबै उखु किसानहरुलाई जानकारी नै छ,’ मीलद्धारा जारी सूचनामा भनिएको छ, ‘यस उद्योगले स्थानीय स्तरमा नै विभिन्न पत्रपत्रिकामा सूचना समेत प्रकाशित गरी बाँकी रहेको बक्यौता रकम बुझिलिनका लागि जानकारी गराएको र सोहि बमोजिम हाम्रा उखु किसानहरुले बाँकी रहेको बक्यौता रकम बुझि लिएको समेत सबैमा अवगत गराउन चाहान्छौं ।’

उद्योगले यदि कोही किसान रकम लिनबाट छुट भएको भए उचित सक्कल प्रमाणसहित कारखानामा उपस्थित भइ रकम भुक्तानी लिन समेत उद्योगले अनुरोध गरेको छ । file photo

No description available.

वि.सं.२०७८ साउन १९ मंगलवार ११:४८ मा प्रकाशित

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...