back
CTIZAN AD

‘सिजनल फ्लु’सँगै कोरोना महामारीको खतरा बढ्दो

वि.सं.२०७८ साउन १९ मंगलवार

636 

shares

१९ साउन, चितवन । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको छ । विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ । फ्लुको जोखिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताए ।

उनका अनुसार सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, खाना नरुच्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, बच्चाहरुलाई झाडासमेत हुने जस्ता समस्या देखिने गर्दछन् ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रोगका विषाणुहरु सामान्य रुघाखोकी जस्तै फैलने उनले जानकारी दिए । बिरामीले कुरा गर्दा, खोक्दा, हाच्छिउँ गर्दा विषाणुयुक्त साना साना पानीका कणहरु वातावरणमा फैलने र सोही माध्यमबाट अरूलाई सर्ने गर्दछ ।

यो रोग हात, मुख, नाक र आँखाको संसर्गबाट सर्ने हुँदा सबैलाई सजग रहन कार्यालयले अनुरोध गरेको छ । यस्तो समस्या देखिए तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न उनले आग्रह गरे ।

सिजनल फ्लुबाट बच्न खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले हात मिचीमिची धुने, सार्वजनिक स्थानमा जाँदा वा परिवारको स्याहार गर्दा मास्कको प्रयोग गर्ने, पोषिलो झोलपदार्थ र पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्ने कार्यालयले जनाएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार सिजनल फ्लुसँगै फेरि कोरोनाको खतरा बढ्न थालेको छ । अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई ज्वरो आएर आउनेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

उनले भने, “ज्वरोका कारण परिवार नै सोतर छ, खोकी लागेको छ भन्नेको फोन र म्यासेज आउन थालेको छ ।” अस्पताल आउने बिरामीहरु शय्या खाली नभएर भौँतारिएको उनले जानकारी दिए । अहिले अस्पतालको बहिरङ्ग सेवामा बिरामीको चाप बढ्दै गएको उनका भनाइ छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार ११:४२ मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...