१९ साउन, काठमाडौँ । कुमारी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनको लागि साउन २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार बुक क्लोजको अघिल्लो दिन अर्थात साउन २४ गतेसम्मका कायम शेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुन सक्नेछन् ।
कोष व्यवस्थापक कुमारी क्यापिटलले बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
वि.सं.२०७८ साउन १९ मंगलवार ११:३५ मा प्रकाशित


























