९ भदौ, काठमाडौं । बागमती प्रदेशमा मंगलवार थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार मंगलवार काठमाडौंकी ८४ वर्षीया महिला र ८४ र ६० वर्षीय पुरुष गरी ३ जनाको मृत्यु भएको छ ।
त्यस्तै रामेछापका ४३ र ५५ वर्षीय २ पुरुष तथा दोलखाकी ५० वर्षीया महिला गरी ६ जनाको मृत्यु भएको हो ।
मंगलवार थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार २५८ पुगेको छ ।
त्यस्तै प्रदेशमा मंगलवार ७,३६७ नमुना परीक्षणमा ९९२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा मंगलवार संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी रहेको छ । मंगलवार १४०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
प्रदेशमा हालसम्म ४ लाख ९ हजार ५४७ जना कोरोना संक्रमित भएका छन् भने ती मध्ये ३ लाख ८८ हजार ७९२ जना निको भइसकेका छन् ।
वि.सं.२०७८ भदौ ९ बुधवार ०९:३१ मा प्रकाशित






























