back
CTIZAN AD

आज देशैभरी १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

वि.सं.२०७८ भदौ १२ शनिवार

1.1K 

shares

१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी २,२२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमित हुनेको संख्या १८५७ रहेको छ ।

शनिवार देशैभरी गरिएको ९,४०९ पिसिआर र ३,७६७ ऐन्टिजेन गरी १३ हजार १७६ नमुना परीक्षणमा १८५७ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १८५७ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ४० हजार ८०५ जना संक्रमित भएको तथ्यांक रहेको छ ।

आज काठमाडौंमा ३७०, ललितपुरमा ११२, भक्तपुरमा ६७ गरी उपत्यकामा आज ५४९ जना संक्रमित थपिएका छन् । शुक्रवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्यामा कमी हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका २,२२२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ ।

त्यस्तै आज देशैभरी २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ६९० पुगेको छ ।

नेपालमा हाल ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३३ हजार ८३५ जना होम आइसोलेशन र ३०३१ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ६१५ र भेन्टिलेटरमा १७४ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म ५० लाख ६३ हजार ५२२ जनाले कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने ४० लाख ५२ हजार ७६५ जनाले दोस्रो मात्राको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७८ भदौ १२ शनिवार १७:१३ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...