Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

माओवादी नेता गणेश शाहलाई प्रश्न : के सत्ता गठबन्धन फुट्नै लागेको हो ?



भदौ १८, काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ गठबन्धनभित्र किचलो भईरहेको बेला राष्ट्रिय राजनीतिमा नयाँ–नयाँ मुद्दाहरु देखा परेका छन् । यसअघि समाधान भईसकेको नेपाल–चीन सीमा विवाद र सुसुप्त अवस्थामै रहेको एमसीसीको विषय चुलिएर आएको छ । नयाँ मुद्दाहरु अगाडि आउँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफलमा जुटेका छन् ।

एमाले अध्यक्षबाट गठबन्धन फुट्दैछ भन्ने अभिव्यक्ति दिएका बीच देखिएका नयाँ घटनाक्रमले गठबन्धन र सत्ता राजनीतिक कता जाँदैछ भन्ने प्रश्न उब्जाएको छ । हामीले यी विषयमा केन्द्रित रहेर सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता गणेश शाहसँग केहि जिज्ञासा राखेका छौं । नेता शाहसँग गरिएको छोटो कुराकानीको सम्पादित अंश :

चीनसँगको सीमाको विषय र एमसीसीको विषय एकैपटक चर्चामा छ । प्रधानमन्त्री देउवाले दुवै विषयलाई प्राथमिकतामा राखेको देखिन्छ ? के यो गठबन्धनको सहमतिमा आएको विषय हो ?

अहिले कांग्रेसभित्रका केहि आन्तरिक विषय बाहिर आएका छन् । हिजो सुसुप्त अवस्थामा रहेको मुद्दा सरकारमा गएसँगै बाहिरिएको हो । सायद यसको समाधान खोजी देउवा जी गर्दै हुनुहुन्छ । हामी न्यूनतम साझा कार्यक्रम बाहिर गएर अनावश्यक विषयलाई उचाईमा ल्याउन चाहन्नौं ।

एमसीसीको विषय अगाडि बढिसक्यो भन्ने छ । देउवाले दूत नै पठाएर ओलीसँग सहकार्यको प्रस्ताव राखेको कुरा बाहिरिएको छ । यसलाई कसरी बुझ्ने ?

सरकारको नेतृत्वकर्ताले सबैसँग भेटघाट, छलफल गर्ने विषय रहन्छ । मेरो बुझाईमा, यसलाई अनावश्यक ठूलो मुद्दा बनाउन मिल्दैन । हामीले सामान्य भेटघाटकै रुपमा बुझेका छौं । विपक्षीसँग सत्तापक्षले संवाद र सहकार्य गर्नु सामान्य कुरा हो । अहिले संसद चलाउनुपर्ने अवस्था छ । जसमा विपक्षीसँग सौहार्दपूर्णं रुपमै छलफल गर्न आवश्यक छ ।

चर्चामा भएजस्तो गठबन्धन नै परिवर्तन भईसक्यो, देउवा र ओली मिलिसके भन्ने विषय सहि होइन् । यो गठबन्धनमा कुनै समस्या छैन् । हामी एजेण्डागत रुपमा स्पष्ट छौं । केहि प्राविधिक विषय छन् ति छिट्टै व्यवस्थापन हुन्छन् ।

चर्चामा भएजस्तो गठबन्धन नै परिवर्तन भईसक्यो, देउवा र ओली मिलिसके भन्ने विषय सहि होइन् । यो गठबन्धनमा कुनै समस्या छैन् । हामी एजेण्डागत रुपमा स्पष्ट छौं । केहि प्राविधिक विषय छन् ति छिट्टै व्यवस्थापन हुन्छन् ।

एमाले अध्यक्ष ओलीको अभिव्यक्तिका र जसरी घटनाक्रम एकै पटक जोडिएर आएका यसलाई स्वभाविक मान्न मिल्छ र ?

जीवनबहादुर शाही जीले हुम्लाको विषय पहिल्यैदेखि नै उठाइरहनु भएको थियो । अब सरकार आफ्नै पार्टीको बनेसँगै केहि गर्नुपर्यो भन्ने पहल होला । जसको परिणाम समिति बनेको होला । सीमाको विषय हिजो नै सरकारले टुंग्याइसकेको कुरा हो । यसलाई किचोलीरहन आवश्यक छैन् र थिएन पनि ।

तथापि देउवाले आन्तरिक असन्तुष्टीलाई साम्य गर्न यो उपाय अपनाएको होला भनौं । राजनीतिमा कहिलेकाँही यस्तो हुन्छ ।
यो चुनाव केन्द्रित गठबन्धन हो । हामीले अहिले कुनै पनि विषयलाई रंग्याउने पक्षमा छैनौं ।

विषय यसरी उठ्दा कतिपयलाई खेल्ने मौका पनि त मिल्ला नि होइन् ? एमाले अध्यक्ष ओलीले यो गठबन्धन भोली नै ढल्छ भन्नुभएको छ । उहाँले ढलि सक्यो, ढलि नै सक्यो भन्ने जसरी व्याख्या गर्नुभएको छ ।

उहाँले त यो गठबन्धनलाई जसरी पनि फुटाउन चाहनुहुन्छ । उहाँको एकल एजेण्डा नै त्यहि हो । उहाँसँगै अन्य आन्तरिक तथा बाह्य शक्ति पनि गठबन्धनको विरोधमा छन् । तथापी हामी सचेत छौं । यो भ्रमलाई हामी चिर्छौं ।

जीवनबहादुर शाही जीले हुम्लाको विषय पहिल्यैदेखि नै उठाइरहनु भएको थियो । अब सरकार आफ्नै पार्टीको बनेसँगै केहि गर्नुपर्यो भन्ने पहल होला । जसको परिणाम समिति बनेको होला । सीमाको विषय हिजो नै सरकारले टुंग्याइसकेको कुरा हो । यसलाई किचोलीरहन आवश्यक छैन् र थिएन पनि ।

अनावश्यक कुरा उठाएर गठबन्धनमा तिक्तता ल्याउन हुँदैन् । यो गठबन्धनलाई चुनावसम्म लैजान आवश्यक छ । संविधान र व्यवस्थालाई जोगाउने जिम्मा यहि गठबन्धनको हो । नत्र देश गलत दिशा तिर जान्छ । मलाई लाग्छ, हामी सबै सचेत हुन आवश्यक छ ।

सरकार गठबन्धनको झण्डै दुई महिना बित्नै लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णंता पाउन सकेको छैन् । मन्त्रिपरिषद् विस्तारका विषयमा तपाईँहरुबीच निकै खटपट भएको भन्ने देखिन्छ । यसलाई सामान्य रुपमा बुझ्न मिल्छ ?

विषय त्यति गम्भीर ढंगले लिन आवश्यक छैन् । होला मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ तर केहि दिनमै टुंगीदै पनि छ । यसअघि जसपा र माधव जीको पार्टीको विषय थियो । अहिले उहाँहरुले केहि दिन माग्नुभएको छ । लाग्छ छिट्टै टुंगीन्छ । सायद २३ गते नै नतिजा बाहिर देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना