back
CTIZAN AD

एमसीसी उपाध्यक्ष फतिमालाई कालो झण्डा देखाउन खोज्ने ५० जना पक्राउ

वि.सं.२०७८ भदौ २४ बिहीवार

741 

shares

भदौ २४, काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई कालो झण्डा देखाउन खोज्ने ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर फर्किएका फतिमालाई कालो झण्डा देखाउन खोज्ने पुष्पलाल अध्ययन समाजका सचिव तथा एमसीसी खारेज अभियान संयुक्त संघर्ष समितिका भरत गौतमसहित ५० जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गौतमसहित नेकपा क्रान्तिकारी माओवादीको सुरेश श्रेष्ठ, ईश्वर तिमिल्सिना, बसन्त बोगटी, असल वाईवा, अर्जुन बोगटी, निरन तुलाधर, आकाश महर्जन, बिमल अधिकारी र सुरेश तामाङ रहेका छन् । त्यस्तै मार्क्सवादी एकता अभियानका डा. सम्भू कट्टेल, नेपालवाद पार्टीका महासचिव दीपक शर्मा, जनसमाजवादी पार्टीका उपमहासचिव डम्बर बिक्रम कार्की, राजन थापा मगर, नेकपा मालेका सुरेन्द्र ढकाल, नेकपा संयुक्तका मधु बिसी, सर्वहारा माओवादीकी भावना विद्रोही, नेपाल कम्युनिष्ट पार्टीका कृष्णहरि भट्ट, रत्न जोशी, उत्सुक कट्टेल, टेकबहादुर विकलगायत रहेका छन् ।

No description available.

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरीले विभिन्न ठाउँमा राखेको छ । पक्राउ परेकालाई सिघ्र रिहाई गर्न एमसीसी खारेज अभियानका संयोजक नारायण शर्मा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई र प्रगतिवादी लेखक मातृका पाेखरेलले सरकारसँग माग गरेका छन् ।

एमसीसीको पक्षमा समर्थन जुटाउन भन्दै बिहीबार बिहान काठमाडौंमा ओर्लीएकी फतिमा शीर्ष नेताहरुसँगको भेटघाटमा छिन् । उनको सक्रियतालाई लक्षित गर्दै काठमाडौंमा विरोधका कार्यक्रम भईरहेका छन् ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १५:५५ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय...

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा...