back

एमसीसी उपाध्यक्ष फतिमालाई कालो झण्डा देखाउन खोज्ने ५० जना पक्राउ

वि.सं.२०७८ भदौ २४ बिहीवार

612 

shares

भदौ २४, काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई कालो झण्डा देखाउन खोज्ने ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर फर्किएका फतिमालाई कालो झण्डा देखाउन खोज्ने पुष्पलाल अध्ययन समाजका सचिव तथा एमसीसी खारेज अभियान संयुक्त संघर्ष समितिका भरत गौतमसहित ५० जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गौतमसहित नेकपा क्रान्तिकारी माओवादीको सुरेश श्रेष्ठ, ईश्वर तिमिल्सिना, बसन्त बोगटी, असल वाईवा, अर्जुन बोगटी, निरन तुलाधर, आकाश महर्जन, बिमल अधिकारी र सुरेश तामाङ रहेका छन् । त्यस्तै मार्क्सवादी एकता अभियानका डा. सम्भू कट्टेल, नेपालवाद पार्टीका महासचिव दीपक शर्मा, जनसमाजवादी पार्टीका उपमहासचिव डम्बर बिक्रम कार्की, राजन थापा मगर, नेकपा मालेका सुरेन्द्र ढकाल, नेकपा संयुक्तका मधु बिसी, सर्वहारा माओवादीकी भावना विद्रोही, नेपाल कम्युनिष्ट पार्टीका कृष्णहरि भट्ट, रत्न जोशी, उत्सुक कट्टेल, टेकबहादुर विकलगायत रहेका छन् ।

No description available.

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरीले विभिन्न ठाउँमा राखेको छ । पक्राउ परेकालाई सिघ्र रिहाई गर्न एमसीसी खारेज अभियानका संयोजक नारायण शर्मा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई र प्रगतिवादी लेखक मातृका पाेखरेलले सरकारसँग माग गरेका छन् ।

एमसीसीको पक्षमा समर्थन जुटाउन भन्दै बिहीबार बिहान काठमाडौंमा ओर्लीएकी फतिमा शीर्ष नेताहरुसँगको भेटघाटमा छिन् । उनको सक्रियतालाई लक्षित गर्दै काठमाडौंमा विरोधका कार्यक्रम भईरहेका छन् ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १५:५५ मा प्रकाशित

Himalayan Life AD
शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

सुदूरपश्चिम । केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले...

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन...

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रमका सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रमका सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं...

जाँचबुझ आयोगलाई लिखित जवाफ पठाउने ओलीको तयारी

जाँचबुझ आयोगलाई लिखित जवाफ पठाउने ओलीको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौँ । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद...