१५ भदौँ, काठमाडौँ । वेस्टइंडिज क्रिकेट र्बोडले टि-२० विश्वकपका लागि आफ्ना खेलाडीको चयन गरेको छ । वेस्टइंडिज क्रिकेट र्बोडले काइरोन पोलार्डको कप्तानीमा १५ खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । र्बोडले टिमको उपकप्तानको जिम्मेवारी निकोलश पुरनलाई दिएको छ ।
वेस्टइंडिजको टि-२० विश्वकपको टिममा क्रिस गेल, आन्द्रे रसल र डुवेन ब्राबो टिममा पर्न सफल भएका छन । त्यसैगरी क्यारेबियन प्रिमियर लिग सिपिएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका रोस्टन चेस र रवि रामपाल पनि विश्वकप टिममा पर्न सफल भएका छन । टि-२० प्रतियोगितका चर्चित खेलाडी सुनिल नारायण भने टिमबाट बाहिरिएका छन ।
कोरोना महामारीको कारण भारतबाट युएई सरेको विश्वकप अक्टोबर १७ बाट सुरु हुदैँछ । वेस्टइंडिजले अक्टोबर २३ इंल्याण्ड विरुद्ध आफ्नो पहिलो खेल खेल्ने छ ।
टि-२० विश्वकपका लागि वेस्टइंडिजको टिम :
किरोन पोलार्ड (कप्तान), निकोलस पूरन (उपकप्तान), फेबियन एलन, ड्वेन ब्राभो, रोस्टन चेस, आन्द्रे फ्लेचर, क्रिस गेल, शिमरोन हेटमायर, इभिन लुईस, ओबेद म्याककोय, रवि रामपाल, आन्द्रे रसेल, लेन्डल सिमन्स, ओशाने थॉमस, हेडन वाल्श जुनियर ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १६:४४ मा प्रकाशित


























