back

अवरुद्ध अरनिको राजमार्ग आजदेखि सञ्चालनमा

वि.सं.२०७८ भदौ २५ शुक्रवार

123 

shares
NTC AD
Global IME AD


२५ भदौ, चौतारा । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङपुल नजिक भास्सिएर विगत तीन महिनादेखि अवरुद्ध सडक आजबाट सञ्चालनमा आएको छ ।

अविरल वर्षाले गत असार २ गतेदेखि भास्सिएको सडक मर्मत गरेपछि आज बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए ।

नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडकखण्ड लामो समयदेखि अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्न पनि सकिएको थिएन भने राजस्व सङ्कलनमा पनि असर परेको थियो ।

सीमापुलबाट दुई किलोमिटर तल रहेको उक्त पुल जोखिममा पर्नुका साथै करिब २५ मिटर सडक भास्सिएपछि भरियाद्वारा ढुवानी गराउँदा महँगो पर्ने हुँदा लाखौं मूल्यका स्याउ कुहिएका व्यवसायीले गुनासो गरेका छन् ।

उक्त सडकको कोदारीमा पनि असार ५ गतेको बाढी पहिरालेक्षति पुगेको थियो । त्यहाँ केही दिनअधि मात्र यातायात सञ्चालनमा आएको थियो । सडक सञ्चालनमा आएसँगै दशैँका लागि सामान झिकाउन सहज भएको भन्दैस्थानीय र व्यापारीले खुसी व्यक्त गरेका छन् ।
रासस

वि.सं.२०७८ भदौ २५ शुक्रवार १६:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...