back
CTIZAN AD

स्ववियु निर्वाचनमा विद्यार्थीको सातबुँदे प्रतिवद्धता

वि.सं.२०७३ फागुन १५ आइतवार

846 

shares

१५ फागुन, भद्रपुर । स्ववियुको यही फागुन १८ गते हुने निर्वाचनलाई द्वन्द्वरहित ढङ्गले सम्पन्न गर्न विद्यार्थी सङ्गठनका नेताहरुले सातबुँदे प्रतिबद्धता व्यक्त गरेका छन् ।

संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा भएको छलफलमा विद्यार्थी सङ्गठनका नेताहरुले स्ववियु निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले स्ववियु निर्वाचनमा आचारसंहिता पूर्ण पालना गर्ने÷गराउने तथा निर्वाचनका सन्दर्भमा गरिने प्रचारप्रसार तडकभडकरहित, कम खर्चिलो र स्वस्थ बनाउन समेत सहमति जनाएका छन् ।

एकले अर्को सङ्गठन तथा अर्को सङ्गठनका विद्यार्थी नेता, कार्यकर्ताको सम्मान तथा सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले क्याम्पसका शिक्षक, प्रिन्सिपल र निर्वाचन समितिलाई निष्पक्ष र पारदर्शी व्यवहार गर्न आग्रह गरेका छन् ।

स्थानीय शान्ति समिति झापाका संयोजक जयबहादुर श्रेष्ठ र संवाद समूह सचिवालयका संयोजक दीपेन्द्र भट्टराईले सहजीकरण गरेको छलफलमा नेविसङ्घका केन्द्रीय सदस्य सन्तोष उप्रेती र झापाका उपसभापति राजेन्द्र उप्रेती, अनेरास्ववियुका झापा अध्यक्ष रोशन सुवेदी र पूर्वअध्यक्ष नवीन ढुङ्गाना, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य अनिल सुवेदी र खगेन्द्र सुवेदी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य राजु अधिकारी तथा सङ्घीय विद्यार्थी युनियनका केन्द्रीय सदस्य ज्वाला इम्बुङले स्ववियु निर्वाचनका बारेमा आफ्ना धारणासहित प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०८:३७ मा प्रकाशित

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...