back
CTIZAN AD

विद्यार्थी संगठनको कर्मशैलीमा गुणात्मक परिवर्तन जरुरी

वि.सं.२०७३ फागुन १५ आइतवार

1.4K 

shares

puspal pandayपुष्पलाल पाण्डे, काठमाडौ । निर्वाचनको मुखैमा पुग्दा पनि विद्यार्थी युनियनको निर्वाचन होला नहोला संसय कायमै रहेको छ । कुनै समय विद्यार्थीको साझा संस्था मानिने स्ववियुमा नेतृत्व गरेका नेताहरु अहिले बिभिन्न पार्टी तथा पेशा व्यवसायको उच्च नेतृत्वमा छन । तर, तिनैलाई ओहोदा पहिल्याउने खुड्किलो बनिदिएको स्ववियु भने अहिले कोमामा गएको विरामी जस्तो भएको छ ।
पहिलोपटक त्रिभुवन विश्वविद्यालयमा २०२० सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएयता विद्यार्थी आन्दोलनले अनेक आकार प्रकार ग्रहण गरिसकेको छ । अझ राजनीतिक दलहरु प्रतिनिधित्व भएको समयमा यसले खुल्लारुपमा पार्टीको ऐजेण्डा बोकेर प्रजातन्त्रका लागि ठूलै योगदान दिएको इतिहास समेत हाम्रा सामु छ ।
२०२० देखि २०६५ सम्म आइपुग्दा स्ववियूले ठूलै आरोह अबरोह पार गरेको छ । यस वीचमा स्ववियू उसका कामले सम्मानित भएको छ । एक जमानामा स्ववियू भन्नासाथ विद्यार्थीहरुले गर्ने अपनत्व यसका गहना हुन । तर, पछिल्लोपटक विद्यार्थी संगठनहरुको क्रियाकलाप र तिनका नेतृत्वका व्यवहारका कारण स्ववियु हिजोको जस्तो अवस्थामा रहन सकेन ।
अझ ०६२-०६३ को आन्दोलन पछि त स्ववियुको आवस्यकता माथि नै बहश सुरु भइसकेको छ । यिनै बहशका विचमा प्रत्येक २ वर्षमा हुनुपर्ने स्ववियुको निर्वाचन जम्मा १४ पटक मात्र भएको छ । २०३० देखि २०३६ सम्मको ६ वर्षे प्रतिबन्ध बाहेक अरु समय स्ववियुको निर्वाचन हुनुपर्ने थियो । तर, प्रजातन्त्रको अत्यन्तै सहज वातवरणमा समेत पछिल्लो ९ वर्षमा स्ववीयु निर्वाचन हुन सकिरहेको छैन ।
आसन्न निर्वाचन पनि होला नहोला कै दोषाधमा छ । यसले के देखाएको छ भने इतिहासम अत्यन्तै सुन्दर मानिएको संस्था या वस्तुले अहिलेको आवश्यकता पूरा गर्न नसके त्यो अनावस्यक बन्दै जाँदो रहेछ । अहिले यस्तै अनावस्यक बन्दै गएको देखिएको छ, स्ववीयु ।

यसकारण कि त स्ववियुको खोरेजीको अहिलेको मागलाई साच्चै कार्यान्वयन गर्नै पर्दछ । होइन भने यस संस्थाका मुख्य सारथी विद्यार्थी संगठनको कर्मशैलीमा गुणात्मक परिवर्तन गरेर स्ववीयुलाई साच्चै विद्यार्थीमैत्री बनाउनु पर्छ ।
विद्यार्थी सं्गठनका पछिल्ला गतिविधिले स्ववियुका लागि चाहिने न्यूनम व्यवहार समेत प्रस्तुत नगरेको पाइएको छ । अहिले पनि स्ववियुलाई ‘मनि’ र ‘मसल’बाटै कब्जा गर्ने रणनीतिमा संगठन देखिएका छन् ।
यसैले आसन्न निर्वाचनमा भुल सुधार गर्दै विद्यार्थी संगठनले गुणस्तरीय स्ववीयु निर्माणको प्रक्रिया अवलम्बन गरेनन् भने यो इतिहासको महाभुल हुनेछ ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०९:२० मा प्रकाशित

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...