back

अष्टलक्ष्मीलाई ओलीको प्रश्न : माधव नेपाललाई किन ल्याउने, फेरि पार्टी फुटाउन ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार

183 

shares
RBB AD
NTC AD

भदौ ३१, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट सडे/गलेका तत्व मात्रै बाहिरिएको टिप्पणी गरेका छन् । बिहीबार एमालेको काठमाडौं जिल्ला कमिटीलाई सम्बोधन गर्दै उनले माधवकुमार नेपाल नेतृत्वको समूह बाहिरिँदा खास एमालेलाई फाईदै भएको बताए ।

‘एमालेको शक्ति परिवर्तन खासै भएको छैन्, हामी हिजो सत्तामा थियौं आज प्रतिपक्षी मात्रै भएका छौं, खासै फरक भएका छैनौं’, ओलीले भनेका छन्, ‘ २/४ सडेका तत्वका, बिग्रेका तत्वहरु बाहिरिएका हुन्’, पार्टी जहाँको तहिँ छ ।’

ओलीले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेता नेपाललाई पुनः एमालेमै फर्किन गरेको आग्रहलाई पनि विरोध गरेका छन् । माधव नेपालले पार्टीभित्र समस्या मात्रै खडा गरेको भन्दै ओलीले किन भित्र्याउने भनि प्रतिप्रश्न गरे ।

‘केही साथीहरुले माधव नेपाललाई आउनुस् भन्नुहुन्छ, किन आउने ? माधव नेपाल के फुटाउनलाई आवश्यक छ ?’, ओलीले भने, ‘ पार्टीमा छउन्जले माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ?’

सोही कार्यक्रममा सम्बोधन गर्ने क्रममा नेतृ अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो गलत भएको भन्दै एमालेमै फर्किन आग्रह गरेकी थिइन् ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिकै...

नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा निर्वाचित

नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा निर्वाचित

नवलपुर (नवलपरासी) । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अध्यक्षमा...

आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६...

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...