back

फ्रान्सद्वारा नेपाललाई थप उपकरण सहयोग

वि.सं.२०७८ भदौ ३१ बिहीवार

150 

shares
RBB AD
NTC AD

३१ भदौ, काठमाडौँ । फ्रान्स सरकारले कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरुप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पाटपुर्जा र उपकरण प्रदान गरेको छ ।

फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस्पतालका प्रतिनिधिलाई आज हस्तान्तरण गरेका हुन् ।

नेपालगञ्ज शिक्षण अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, फेवा सिटी हस्पिटल र फिसटेल हस्पिटल, ओखलढुङ्गा सामुदायिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, डडेलधुरा प्रादेशिक अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई रु ६६ लाख ७२ हजार बराबरका अतिरिक्त पार्टपुर्जा प्रदान गरिएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ । यसअघि फ्रान्सले भेन्टिलेटरसहित सात टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको थियो ।
रासस

वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ 

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ 

काठमाडौँ । भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई...

चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने विदेशी पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने विदेशी पर्यटक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि...

नेपालको अधिकतम तापक्रम ४० डिग्रीमाथि

नेपालको अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको...