back

मस्को र अङ्काराले क्षेत्रीय सन्तुलनका लागि ‘सम्झौता’ गरेर अघि बढ्ने रुसी राष्ट्रपति पुटिनको भनाइ

वि.सं.२०७८ असोज १४ बिहीवार

183 

shares
RBB AD
NTC AD

एएफपी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र अङ्काराले क्षेत्रीय सन्तुलनका लागि ‘सम्झौता’ गरेर अघि बढ्ने बताएका छन् ।

रुसी राष्ट्रपति पुटिनले टर्कीका नेता रेसेप तैयप एर्दोगानसँगको वार्तामा तयारी हुँदैगर्दा बुधबार मस्को र अङ्काराले क्षेत्रीय सुरक्षाका लागि ‘सम्झौता’ खोज्ने क्षमताको रहेको बताएका हुन् ।

उनले भने, “रूस र टर्कीले ऐतिहासिक रूपमा जटिल सम्बन्धहरू राखेका छन् । यसले क्षेत्रीय प्रतिस्पर्धाहरूलाई सन्तुलनमा राखेको छ र आर्थिक तथा रणनीतिक हितहरूमा साझा आधार पत्ता लगाएका छन् ।”

पुटिनले सोचीको ब्ल्याक सी रिसोर्ट सहरमा आफ्नो निवासमा सीमित पत्रकारहरूको उपस्थितिमा भने, “वार्ता कहिलेकाहीँ कठिन हुन्छ तर यसबाट अन्त्यमा सकारात्मक नतिजा प्राप्त हुनसक्छ ।” दुई देशले ‘दुवै पक्षका लागि अनुकूल सम्झौता गर्न सिकेका छन्’ भन्दै वार्ताबाट सकारात्मक नतिजा निस्कनेमा विश्वास व्यक्त गरे ।

आफ्ना रूसी समकक्षीसँग नियमित भेट हुने भन्दै एर्दोगानले टर्की र रूसले सम्बन्धलाई बलियो बनाइराख्नु दुवै मुलुकका साथै क्षेत्रीय सुरक्षा सन्तुलनमा आवश्यक हुने पुष्टि गरेका छन् ।

विगतमा पनि पुटिनसँग निरन्तर भेट तथा वार्ता गर्दै आएका एर्दोगानले भने, “सिरियासँग सम्बन्धित विषयमा हामीले लिएका कदमहरू अत्यन्तै महत्वपूर्ण छन् ।” “त्यहाँको शान्ति टर्की–रूस सम्बन्धमा निर्भर छ ।”

उनीहरूको द्वन्द्वको बाबजुद, मस्को र पश्चिम तथा अङ्काराको नाटो सहयोगी राष्ट्रहरूसँग पछिल्लो समय विवादित सम्बन्धका कारण हालका वर्षहरूमा यी दुई देशहरू नजिक भएका छन् । हालैका वर्षहरूमा यी दुई शक्तिहरूबीच खासगरी सिरियाका विषयमा विवाद रहँदै आएको छ । मस्को र अङ्काराले सिरियाली गृहयुद्धमा परस्पर विरोधी शक्तिहरूलाई समर्थन दिँदै आएका छन् ।

अर्मेनिया र अजरबैजानबीच भएको द्वन्द्वमा गत वर्ष टुक्रिएको क्षेत्र नागोर्नो–काराबाखको विषयमा पनि तिनीहरूबीच भिन्नता देखिएको थियो ।

वि.सं.२०७८ असोज १४ बिहीवार ०८:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति...

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

टोक्यो । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको...

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय...

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

अस्ताना । आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

माले । माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार...