back

एघारौँ चीन-युरोप उच्चस्तरीय रणनीतिक वार्ता शुरू

वि.सं.२०७८ असोज १४ बिहीवार

204 

shares
RBB AD
NTC AD

सिन्ह्वा । आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेद कम गर्ने उद्देश्यले चीन-युरोप उच्चस्तरीय रणनीतिक वार्ता शुरू भएको छ ।

चीनका परराष्ट्र मन्त्री वाङ यी र युरोपेली सङ्घका कूटनीतिक तथा सुरक्षा नीति उच्च प्रतिनिधि जोस बोर्रेल्लले संयुक्तरूपमा अध्यक्षतामा गरेको एघारौँ चीन-युरोप उच्चस्तरीय रणनीतिक वार्ता चीन र युरोपेली सङ्घबीच रहेका मतभिन्नतालाई कम गर्ने विश्वास वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङले गरेको बताइएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री वाङ यीले हालै चीन र युरोपबीचको सम्पर्क र वार्ता बढ्दै गइरहेको क्रममा धेरै मतैक्य हासिल भएको बताए । वार्तामा सकारात्मक प्रवृत्तिलाई कायम राख्दै आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेदलाई उचित तरिकाले कमी गर्ने र विश्वव्यापी देखा परेका चुनौतीको सामना गर्न दुवै पक्षको योगदान रहने विश्वास उनको छ ।

वाङले संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको सामान्य बहसमा राष्ट्राध्यक्ष सीले प्रस्तुत गरेको विश्वको विकास प्रस्तावमा युरोपको सहभागिताका लागि स्वागत पनि गरेको छ ।

युरोपेली सङ्घका उच्च प्रतिनिधि बोर्रेल्लले चीनसँग मिलेर भावी आपसी उच्चस्तरीय आदानप्रदानको तयारी गर्दै पारस्परिक सम्बन्धको विकासका लागि राजनीतिक निर्देशन दिने अपेक्षा वार्तामा गरेको बताइएको छ । चीनसँग महामारी प्रतिरोध, जलवायु परिवर्तन तथा जैविक विविधताको संरक्षणमा हुने सहयोगमा निरन्तरता दिँदै जाने इच्छा पनि उनले व्यक्त गरेका छन् ।

यसका अतिरिक्त, दुई पक्षबीच मानवअधिकार सम्बन्धमा वैचारिक आदानप्रदान भएको पनि मन्त्रालय स्रोतले बताएको छ ।

वि.सं.२०७८ असोज १४ बिहीवार ०८:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति...

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

टोक्यो । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको...

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय...

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

अस्ताना । आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

माले । माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार...