back

बेलायतमा घटेनन् सङ्क्रमितको सङ्ख्या

वि.सं.२०७८ असोज १६ शनिवार

126 

shares
RBB AD
NTC AD

लण्डन । बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन ।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण मात्रै १२७ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ७८९ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये छ हजार ७३३ जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशतले पहिलो खोप लगाएका छन् भने ८२ प्रतिशतले दुवै खोप लगाएका छन् ।

धेरैले खोप लगाएकाले बेलायतसँगै चीन, जर्मनी, रुस, अमेरिकालगायतका धेरै देशमा दैनिकी सामान्य हुँदै गएको छ तर तीमध्ये कतिपय देशमा महामारी फैलिइरहेको छ ।
रासस

वि.सं.२०७८ असोज १६ शनिवार १७:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति...

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

टोक्यो । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको...

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय...

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

अस्ताना । आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

माले । माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार...