back

महिला उम्मेदवार निर्वाचित नहुँदा निराशा

वि.सं.२०७८ असोज १८ सोमवार

219 

shares
RBB AD
NTC AD

दोहा। कतारको पहिलो विधायिका निर्वाचनमा कोही पनि महिला उम्मेदवार निर्वाचित नहुँदा महिला मतदाताहरू निराश बनेका छन् ।

योसँगै अमीरले महिला प्रतिनिधित्व सुनिश्चित गर्न १५ सांसद नियुक्त गर्दा महिलालाई समावेश गर्छन् कि गर्दैनन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

कतारको शुरा काउन्सिलमा ३० जना पुरुषहरू निर्वाचित भएका छन् जसमा दुई दर्जनभन्दा बढी महिलाहरू निर्वाचनको दौडमा थिए जसलाई पूर्ण संसद्भन्दा पनि लोकतन्त्रको महत्वपूर्ण पक्षको रूपमा हेरिएको छ ।

निर्वाचनमा पराजित उम्मेदवार आयशा जसिम अल–कुवारीले अमीरको कोटा अर्को विधानसभामा महिला प्रतिनिधित्व सुनिश्चित गर्नका लागि महत्वपूर्ण रहेको बताएकी छिन् । आयशा १४ जना पुरुष दावेदारहरूविरुद्ध चार अन्य महिलाहरूसँगै निर्वाचनमा भाग लिएकी थिइन् ।

“हामी चारदेखि पाँच महिला नियुक्त हुने आशा गर्दछौँ किनकी महिलाहरूको उपस्थिति धेरै महत्वपूर्ण छ ।

“केही महिला उम्मेदवारहरू पक्कै निराश भएका छन् किनकी उनीहरूले बलियो कार्यक्रम प्रस्तुत गरेका थिए तर पनि पुरुष उम्मेदवार नै विजयी भए ,उनले भनिन् ।

अमीरले गर्ने नियुक्ति कहिले हुनेछ वा कहिले परिषद् बैठक बस्नेछ भन्नेबारे अझै स्पष्ट भएको छैन ।

अर्की मतदाता शम्माले आफ्नो पूरा नाम खुलाउन अस्वीकार गर्दै भनिन् “म खुसी छैन किनकी ती सबै (विजेता) पुरुष हुन् – उनीहरूमध्ये केही पुराना छन् । इमान्दारितापूर्वक भन्नुपर्दा म अचम्ममा परेकी छु यो परिणाम उचित छैन जहाँ महिलाको प्रतिनिधित्व शून्य छ ।“

यसैगरी गल्फ इन्टरनेशनल फोरमकी निर्देशक डानिया थाफेरले ट्वीटमा लेखेकी छिन् “म अमीरले महिलालाई नियुक्त गर्ने प्रबल सम्भावना देखेको छु ।” कतारमा शनिबार भएको विधायिका निर्वाचनलाई निकै चासोपूर्वक हेरिएको थियो ।

एएफपी

 

वि.सं.२०७८ असोज १८ सोमवार ०७:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति...

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

टोक्यो । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको...

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय...

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

अस्ताना । आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

माले । माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार...