back

मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु

वि.सं.२०७८ असोज २६ मंगलवार

159 

shares
NTC AD
Global IME AD

मुगु । मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिए ।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पु¥याइएको थियो । घाइतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घाइते छ वर्षीया एक बालिकाको मुुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ । दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताए । उनका अनुसार हाल १३ जना उपचाररत छन् ।

वि.सं.२०७८ असोज २६ मंगलवार १९:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा...

शङखमुलमा भएको आगलागी नियन्त्रणमा, झण्डै दर्जन पसलमा क्षति

शङखमुलमा भएको आगलागी नियन्त्रणमा, झण्डै दर्जन पसलमा क्षति

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शङ्खमुल दोभानपुलमा आज भएको आगलागी नियन्त्रणमा...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...

के–के छन् सुविधा, लगानी सम्मेलनकै दिन जारी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

के–के छन् सुविधा, लगानी सम्मेलनकै दिन जारी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

कालिका खड्का, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही...

यस्तो छ लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ

यस्तो छ लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र...

सबैभन्दा धेरै रेमिट्यान्स भित्राएकोमा ग्लोबल आइएमई बैंक सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्राएकोमा ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौं । गत आर्थिक वर्ष २०८९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स...