back
CTIZAN AD

कोरोनाको असर रेमिटेन्समा, चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि गिरावट

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

546 

shares

काठमाडौं । कोरोना महामारीका विचमा पनि गत आर्थिक वर्ष रेमिटेन्समा कमी नआएपनि चालु आर्थिक वर्षको २ महिनामा रेमिटेन्स घटेको छ ।

कोरोना महामारीका कारण बैदेशिक रोजगारीमा जानेको संख्या घट्दा यसअघि नै रेमिट्यान्समा गिरावट आउने अनुमान गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ५५ अर्ब ३७ करोड रेमिटेन्स देश भित्रिएको छ । गत वर्षको सोहि अवधिको तुलनामा ६.३ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको सोहि अवधिमा रेमिटेन्स आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको पनि मंगलबारको नागरिक दैनिकमा समाचार छ ।

कोरोना महामारीपछि कैयन गन्तव्य मुलुकबाट मागपत्र नआउँदा बैदेशिक रोजगारमा जानेको संख्यामा कमी आएको हो । हालसम्म श्रम स्वीकृति जारी भएको आधारमा सबैभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी कोरोना महामारीपछि ठप्प छ । अधिकारीहरुले मलेसिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने बताएका छन् भने कोरीया पनि सुचारु हुन सकेको छैन ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार ०८:५० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...