back
CTIZAN AD

बाग्लुङ गलकोटेलाई पोखराका अस्पतालमा छुट

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

741 

shares

कास्की । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले औषधिमा पाँच प्रतिशत र उपचारमा रोगको प्रकृति हेरेर १० देखि २० प्रतिशतसम्म छुट दिन थालेको हो ।

गलकोट समाज पोखराको पहलमा अस्पतालले बिरामीलाई उपचार खर्चमा विशेष छुट दिएका हुन् । समाज र अस्पताल व्यवस्थापकबीच द्विपक्षीय सम्झौता भई गलकोटवासी सर्वसाधारणले सेवा लिन सुरु गरिसकेको समाजका अध्यक्ष खडकबहादुर थापाले जानकारी दिए । उनका अनुसार छुट सुविधा सधँैका लागि हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट उपचारका लागि जाने जो–कोहीले समाजको सिफारिसपत्रका आधारमा अस्पतालमा छुट पाउँछन् । सम्बन्धित स्थानीय तहको बासिन्दा रहेको परिचय खुल्ने कागजात लिएर आएमा सिफारिस दिने गरिएको अध्यक्ष थापाले बताए ।

“बिरामी जुनसुकै समयमा आए पनि सिफारिसपत्र दिन्छौँ, कुनै शुल्क लाग्दैन”, उनले भने, “हामीले यही अस्पतालमा आउनुस् त भन्दैनौँ, तर खोज्दै आउने बिरामीलाई उपचारमा सहजीकरण गर्छौँ ।” गाउँबाट आउने बिरामीले अर्थाभावमा उपचारमा समस्या झेलिरहेको देखेपछि समाजले छुटका लागि पहल लिएको हो । एक्स–रे, प्रयोगशाला सेवालगायतमा पनि बिरामीले छुट पाउँछन् । गरिब तथा विपन्न परिवारका बिरामीले उपचारै गर्न नसक्ने स्थितिमा समाजले आर्थिक सहायताका लागि कोषसमेत खडा गरेको छ । “पैसा नभएर उपचारबाट बञ्चित भएकालाई समाजले नगद सहयोग पनि गर्छ”, अध्यक्ष थापाले भने ।

जटिल स्वास्थ्य समस्या हुँदा यहाँका बिरामी उपचारका लागि पोखरा धाउनुपर्ने बाध्यता छ । उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल जिल्लामै रहे पनि सोहीअनुसारको उपचार सेवा उपलब्ध हुनसकेको छैन । पूर्वाधार, उपकरण र मानव संशाधन अभावमा स्थानीय अस्पतालको सेवा प्रभावकारी हुन नसकेको हो ।

पोखराजस्तो ठूलो सहरका अस्पतालले गाउँका बिरामीलाई लक्ष्य गरी छुट सुविधा दिँदा आधारभूत तहका सर्वसाधारणलाई राहत मिलेको छ । समाजले त्यहाँका अन्य अस्पतालमा पनि छुटका लागि पहल गर्ने जनाएको छ । “यो त सुरुआत मात्र हो, छुटको दर बढाउन हाम्रो निरन्तर प्रयास रहन्छ”, अध्यक्ष थापाले बताए ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार ०८:२८ मा प्रकाशित

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट (बागलुङ) । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत । तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला...