back
CTIZAN AD

बार सल्लाहकारहरुको सुझाव : प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

693 

shares

काठमाडौं । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिए आन्दोलन गर्नुपर्ने सुझाब दिएको छ । मंगलबार बसेको बार सल्लाहकारहरुको बैठकमा ३७ सदस्यमध्ये ३६ सदस्यले राजीनामा नदिए आन्दोलनमा जान सुझाब दिएका थिए ।

बारको सल्लाहकारमा पूर्वअध्यक्ष र महासचिवहरू अनि उपत्यकाका बरिष्ठ अधिवक्ताहरू सल्लाहकार रहन्छन्।

‘सल्लाहकार समिति सहितको बैठकमा ३७ जनाले सुझाव दिने क्रममा ३६ जनाले राजीनामा माग्नुपर्छ भनेका छन्, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अबिलम्ब राजीनामा गर्नुपर्छ भन्ने ९९ दशमलव ५ प्रतिशत सुझाव रह्यो’, बैठकपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने, ‘कार्यसमिति बसेर निर्णय गर्छ र नेपाल बारको त्यो सुझावको आधारमा अबिलम्ब राजीनामा गर्नुभएन भने देशव्यापी रुपमा आन्दोलन गर्नुपर्छ भन्ने छ ।’

सुझाव सुनेपछि निर्णय गर्न नेपाल बारको कार्यसमिति बैठक बसिरहेको महासचिव लीलामणि पौडेलले बताए।

सल्लाहकार बैठकमा बरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भू थापा, कुमार शर्मा, रामनाथ मैनाली, रमण श्रेष्ठ, मुक्ति प्रधान, कृष्ण सापकोटा, सुरेन्द्र महतो, टीकाराम भट्टराई, रमेश बडाललगायतले बोलेका थिए।

बैठकमा बरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश राणाले राजीनामा दिनु पर्ने पाँच कारण प्रस्तुत गरेका थिए। उनले पत्नी मारेर जलाउने रन्जन कोइरालाको कैद घटाउने फैसला, उक्त फैसलामा पुनरावलोकन गर्ने निवेदनको वर्ष दिन पुग्दा पनि सुनुवाइ नहुनु, न्यायालयको विकृति रोक्ने उपाय सुझाएको न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागु गर्ने आफ्नै प्रतिवद्धताविपरीत आलटाल गर्नुलगायतका आधार ती बुँदामा उल्लेख थिए।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १७:३६ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...