back
CTIZAN AD

बालविवाह रोक्न विवाहित किशोरी आमाहरु संगठित

वि.सं.२०७३ फागुन २२ आइतवार

795 

shares

२२ फागुन, दाङ  । बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् ।

जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविवाह निरुत्साहित अभियान सुरु गरिएको हो । विवाहित किशोरी आमालाई मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना दिएर दाङका नगरपालिका र गाविसमा गरी १० वटा विवाहित किशोरी आमा समूह निर्माण गरेको र उनीहरुमार्फत सचेतना दिन सुरु गरेको ओरेक नेपालका जिल्ला संयोजक तुलसा गिरीले बताउनुभयो ।

यो आमा समूहले बालविवाह न्यूनीकरणका लागि गाविस र नगरपालिकामा सचेतना जगाउने ओरेक नेपालले विश्वास लिएको छ । दाङको धनौरी गाविसकी मोति चन्दले १४ वर्षको उमेरमा विवाह गरिन् हाल उनी भर्खर २१ वर्षकी छिन् । उनको दुईजना छोरी छन् ।

त्यस्तै घोराहीकी गीता नेपालीले पनि सानै उमेरमा विवाह गरिन् र हाल ३ वर्षकी छोरी छन् उनी भर्खरै २० वर्षकी भइन् । उनीहरु जस्तै यहाँका अधिकांश किशोरीले पहिले नबुझेर विवाह गर्दा अहिले पछुताएका छन् । “सानो उमेरमा हतारमा विवाह गर्दा अहिले पछुतो लागेको छ, न पढ्न पायो न त कुनै कुरा सिक्न पायो, कम उमेरमा विवाह गर्दा पछि समस्या हुँदोरहेछ”, नेपालीले भन्नुभयो ।

सानैमा लहलहै र उमेर नपुगी विवाह गर्दा स्वास्थ्य, मानसिक, आर्थिक लगायतका समस्या भोग्नु परेको किशोरी बताउँछन् । “अहिले आएर थाहा भयो सानैमा विवाह गर्दाको बेफाइदा अब हामीहरुले गाउँघरमा सचेतना फैलाउनका लागि विवाहित किशोरी समूह गठन गरेका छौँ”, तुलसीपुर–११ निवासी शिला चौधरीले भन्नुभयो । अरूको लहलहैमा लागेर सानो उमेरमा विवाह गर्दा आफूहरुले समस्या भोगेको उहाँले गुनासो गर्नुभयो ।

उनीहरु जस्तै यहाँका करिब दुई दर्जनभन्दा बढी किशोरीले यसरी नै प्रेमविवाह गरेको बताउँछन् । उनीहरुले महिला हिंसाको मुख्य कारण बालविवाह नै भएको बताएका छन् ।
हाल दाङको डुरुवा, धनौरी, घोराही, तुलसीपुर नगरपालिका, धनौरी, उरहरी, मानपुर, श्रीगाउँ गाविस स्तरमा विवाहित किशोरी आमा समूह गठन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

वि.सं.२०७३ फागुन २२ आइतवार ०३:४३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...