back
CTIZAN AD

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ विजयी

वि.सं.२०७८ मंसिर १९ आइतवार

894 

shares

काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट मानिने प्रेस सेन्टरको शनिवार र आइतवार दुईदिन चितवनमा भएको चौथो राष्ट्रिय महाधिबेशनले सापकोटालाई सेन्टरको अध्यक्षमा चयन गरेको हो ।

सापकोटासँगै अध्यक्षका अर्का दाबेदार गोविन्द रोका ‘सचिन’ ले अध्यक्ष पदबाट आफ्नो दावेदारी हटाएपछि सापकोटाको नाममा सहमति भएको थियो । रोकाकै प्रस्तावमा सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

प्रेस सेन्टरको अध्यक्षमा सापकोटाको नाममा सहमति जुटेपनि अन्य पदाधिकारीको विषयमा सहमति हुन नसकेको बताइएको छ ।

महाधिबेशनले सेन्टरको १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने भएपनि हालसम्म १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ । १९९ मध्ये ८ पदाधिकारी महाधिबेशनले मनोनयन गर्नेछ । नयाँ कार्यसमितिको आजै बस्ने बैठकले पदाधिकारीको टुङ्गो लाग्ने जनाइएको छ । बन्दसत्रले १८ बुँदे घोषणापत्र जारी गरेको छ ।

 

 

वि.सं.२०७८ मंसिर १९ आइतवार १९:४५ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...