दोहा, कतार । नेपाली जनप्रगतिशील मञ्च कतारको राष्ट्रिय समितिले पूर्णता पाएको छ ।
पाचौं अधिवेशन पछि शुक्रबार बसेको राष्ट्रिय समितिको पहिलो बैठकले राष्ट्रिय समितिलाई पूर्णता दिएको हो ।
बैठकमा नेपाली जनप्रगतिशील मञ्चका पश्चिम एशिया अध्यक्ष शनि कुमार वलीले नवनिर्वाचित समितीलाई बधाई दिदै माओवादी आन्दोलनले प्राप्त गरेको उपलब्धि रक्षाको लागि निर्णायक मोड आएको भन्दै सबैजना आफ्नो तर्फबाट प्रतिबद्ध भएर लाग्न निर्देशन दिए ।
वलीले माओवादीको नेतृत्वमा दलित, महिला, जनजाति, मधेसी तथा उत्पीडित समुदायले प्राप्त गरेका अधिकार खोस्न केही प्रतिगामी शक्ति लागिपरेको भन्दै त्यसका विरुद्ध डटेर लडनुपर्ने बताए । साथै उनले नवनिर्वाचित समितीले संगठनको मर्यादामा रहेर मजदुर मुखी काम गर्नुपर्ने बताए ।
मञ्चको राष्ट्रिय समिति १५ पदाधिकारी सहित ७७ सदस्यीय रहनेछ । बैठकले दैनिक कामहरुलाइ सहज गर्न २५ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ । सचिवलय निम्नअनुसार रहेको छ ।
यस्तो छ कार्यसमिति
मन्चको अध्यक्षमा बुद्धि प्रसाद भन्डारी, बरिष्ठ उपाध्यक्ष राजेन्द्र देवकोटा र उपाध्यक्षहरुमा उत्तम गुरूङ, महम्मद सद्दाम हुशेन, कृण्ण परिवार, उपाध्यक्ष दुर्गा नन्द पासवान, महासचिव महमुद कार्की सचिब नवाज शेष परवेज, चिबहरुमा उत्तर ब रोका, दिपक भट्टराई, आशिक हुशेन, कोषाध्यक्ष दिल राम गुरुङ्ग, सहकोषाध्यक्ष सुनिल चौधरी, युवासंयोजक नेत्र आचार्य, महिला संयोजक अम्बिका गौतम शर्मा र सदस्यहरुमा ओम बहादुर अधिकारी, तिलकराम भुसाल, टोपलाल जैसी, बिमल न्यौपाने, सोम नाथ कंडेल, सुष्मिता पाठक, बसिर नदवि, सुरेन्द्र देवकोटा, मोहमद सबिर आलम र जिब्रिल अन्सारी रहेका छन् ।

पूर्वअध्यक्ष रमेश भट्ट बने प्रमुख सल्लाहकार
त्यसैगरी सोहि बैठकले मञ्चका पूर्वअध्यक्ष रमेश भट्ट सल्लाहकार प्रमुख रहने गरि सल्लाहकार समिती समेत चयन गरेको छ । समितिको अन्य सल्लाहकारमा राजु डुम्रे, टिकाराम भण्डारी, दुर्गा प्याकुरेल,दिपक लामिछाने, सरिता भण्डारी पौडेल, कुमार खड्का,ई. मोहमद आयुव हक, महेश दाहाल, धुते बुढा (बिजय बुढा),सुरज (गंगा) बि.क.,दिल भट्टराई, रबिन मगर, सन्तोष क्षेत्री,नानु घले, सेवक बिक घताने, अब्दुल खालिद शेख,नवराज सिम्खडा, अमित गौतम, राजेन्द्र स्याङख्याम लिम्बू, पवन शर्मा, लक्ष्मण कँडेल, सोम परियार,नौशाद अहमद, इस्माईल पन्त र डिल्लीराम अधिकारी रहेका छन् ।
समितिद्धारा विभिन्न विभाग गठन
त्यसैगरी बैठकले समितिमा विभिन्न बिभाग गठन गरि बिभागिय संयोजकहरु समेत तोकेको छ । जसमा प्रशिक्षण बिभागमा बुद्धि प्रसाद भण्डारी, संगठन बिभागमा महमुद कार्की, संघ संस्था समन्वय बिभागमा राजेन्द्र देवकोटा, उद्योग तथा व्यवसायी बिभागमा उत्तम गुरुङ, अतिरिक्त्त खेलकुद बिभागमा मोहमद सद्दाम हुसेन, सांस्कृतिक बिभागमा कृष्ण परियार, आर्थिक बिभागमा दिल राम गुरुङ सूचना तथा प्रबिधि बिभागमा नवाज शेख परवेज, प्रचार प्रसार बिभागमा क. आसिक शेख, सुरक्षा तथा जनचेतना बिभागमा क. बसिर नदवि, सहिद तथा बेपत्ता परिवार बिभागमा दिपक भट्टराई, सुरक्षित आप्रवासन तथा श्रमिक बिभागमा दुर्गानन्द पासवान र साहित्य तथा प्रकाशन बिभाग संयोजक समेत तोकिएको छ ।
मन्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकको सन्चालन महासचिव माहमुद कार्कीले गरेका थिए ।
वि.सं.२०७८ मंसिर १९ आइतवार २०:१२ मा प्रकाशित


























