back
CTIZAN AD

नेपाली जनप्रगतिशील मन्च बहराइनको अध्यक्षमा युवराज केसी

वि.सं.२०७८ मंसिर १९ आइतवार

690 

shares

बहराइन । नेपाली जनप्रगतिशील मन्च बहराइनको अध्यक्षमा युवराज केसी चयन भएका छन् ।

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन नेपाली जनप्रगतिशील मन्च बहराइनको मनामास्थित ब्लुमुन नेपाली रेस्टुरेन्टमा सम्पन्न ऐतिहासिक तेस्रो अधिबेशनले केसीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

May be an image of 7 people, people standing and text that says 'नेपाली जनप्रगतिशिल एक हौ" "संसारका मजदूर ऐेतिहासिक तेसो अधिवेशन २०२१ मज्च बहराईन AA स्वाधीन र समद नेपाल निर्माणका लागी हामो अभियात प्रवासी अमीकहरुको एकताको पक्षमा तेसो अधिवेशन Date 5'

नेकपा माओवादी केन्द्र प्रवास कमिटीका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन मन्चका सचिव कमल घिमिरे र सुक बहादुर कोइरालाले गरेका थिए भने मन्चका अध्यक्ष युवराज केसिको सभापतित्व रहेको थियो ।

May be an image of 4 people and people standing

कार्यक्रममा नेपाली जनप्रगतिशिल मन्च मध्यपूर्वका अध्यक्ष शनिकुमार ओलि, प्रवास समिति प्रेस सेन्टरका संयोजक आरबी खड्का, मन्च मध्यपूर्व सचिव हरि नेपाली, नेपाली जनप्रगतिशिल मन्च बहराइनका प्रमुख सल्लाहकार जीवन श्रेष्ठ, मन्चका पूर्वअध्यक्ष नारायण रपाल बिश्वकर्मा, नेपाली जनसम्पर्क समितिका सभापति पदम सुन्दर गुरुङ, प्रवासी नेपाली मन्चका सचिब हरि श्रेष्ठ तथा मध्यपूर्वमा रहेका मन्चका नेतृत्वहरुको जुममार्फत् सहभागिता रहेको थियो ।

May be an image of 3 people and people standing

उद्घाटनसत्र पछि सुरु भएको बन्दशत्रले पुनः युवराज केसीकै अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षहरुमा रामु काफ्ले, कमल घिमिरे, गेहराज घर्ती मगर,र सुक बहादुर कोइराला, महासचिवमा कल्याण सेन्चुरी, सचिवमा गोपाल सेजवाल, प्रवक्तामा सुरज भट्ट, कोषाध्यक्षमा बल बहादुर बुढाथोकी (धुर्ब), सहकोषाध्यक्षमा दिपक बिक, सहसचिवमा भानुभक्त पाठक समितिको ब्यवस्थापन संयोजकमा अनमोल राक्सेमगर, युवा संयोजकमा अविशेक श्रीपाली, सहसंयोजकमा भुपाल खनाल, खेलकुद संयोजकमा भेसराज रेग्मी, सहसंयोजकमा नरेश बिष्ट, ब्यवस्थापन सहसंयोजकमा महेश बिश्वकर्मा, सास्कृतिक संयोजकमा बामदेव भाट, सहसंयोजकमा रेजिना छिनाल, महिला संयोजकमा बसन्ती भुसाल, सहसंयोजकमा भावना भट्ट रहेका छन् ।

May be an image of 9 people, people standing, indoor and text that says 'नेपाली जनप्रगतिशिल एक हौ" "संसारका मजदूर ऐतिहासिक तेसो अधिवेशन बहराईन AA मज्च स्वाधीन समूद गेपाल निर्माणका लागी हामो अमियान २०२१ प्रवासी अमीकहर्को एकताको प्क्षमा Date तेसो अधिवेशन (Fy) 50m अतिती Ppl2021'

त्यसैगरी समितिको सदस्यहरुमा बिक्रम सेजवाल, जिबित कार्की, धन बहादुर बस्नेत, हरि बहादुर सेजवाल, नवराज कार्की,सदस्य मदन परियार, रेम बहादुर थापा, सन्त बहादुर माझी, कमल बहादुर बि कमन्जु लामा र दिनेश केसि रहेका छन् ।

मन्चका प्रमुख सल्लाहकार जीवन श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा पूर्बअध्यक्ष नारायण रपाल बिस्वकर्माले सांगठनिक प्रतिबेदन प्रस्तु गरेका थिए ।

वि.सं.२०७८ मंसिर १९ आइतवार २०:४३ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...