back
CTIZAN AD

उच्च अदालत पाटनको आदेश-एनआरएनएको दशौं महाधिबेशन नरोक्नू

वि.सं.२०७८ मंसिर १९ आइतवार

717 

shares

काठमाडौं । उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौ अन्तराष्ट्रिय महाधिबेशन नरोक्न आदेश दिएको छ ।

परराष्ट्र मन्त्रालयले मंसिर ३ गते एनआरएनएको संरक्षक परिषद्लाई महाधिबेशन गर्न दिनु भनिएको पत्र कार्यान्वयन नर्गन समेत अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले दिएको रिटमा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधिश श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको इजलासले सो आदेश दिएको हो ।

उक्त आदेशमा परराष्ट्र मन्त्रालयको २०७८ असोज २२ र म)सिर ३ को निर्णय कार्यान्वयन नगर्न र महाधिबेशन नरोक्न भनि अन्तरिम आदेश जारी गरिएको हो ।
पाटन उच्च अदालतको फैसलालाई अध्यक्ष कुमार पन्तले ऐतिहासिक भनेका छन् । पन्तले उच्च आदालतको उक्त आदेशपछि भनेका छन्– ‘हस्तक्षेपरहित सबैको एनआरएन बनाउने कदमका निम्ति आजको दिन ऐतिहासिक !!! सबैमा हार्दिक वधाइ तथा न्यायालयप्रति हार्दिक आभार !!!’

परराष्ट्र मन्त्रालयले अध्यक्ष कुमार पन्तको नेतृत्वमा रहेको कमिटी विघटन गरी एनआरएनएका पूर्वअध्यक्ष तथा हालका सल्लाहकार समितिका संयोजक शेष घलेको नेतृत्वमा निर्वाचन गराउन भन्दै मंसिर ३ गते संघलाई पत्र पठाएको थियो ।

परराष्ट्रको उक्त पत्र कानुन विपरित भएको भन्दै अध्यक्ष कुमार पन्तले उच्च अदालत पाटनमा बिहीवार रिट दायर गरेका थिए । सोहि रिटको सुनुवाई गर्दै आज उच्च अदालतले त्यस्तो आदेश जारी गरेको हो ।

वि.सं.२०७८ मंसिर १९ आइतवार २१:०९ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...