back
CTIZAN AD

कोइराला परिवारभित्रै विभाजन, शेखरसँग टाढिए शशांक र सुजाता

वि.सं.२०७८ मंसिर २८ मंगलवार

696 

shares

काठमाडौं । नेपाली कांग्रेसभित्र कोइराला परिवार भनेर बुझिएको शेखर, शशांक, सुजातालगायतको समूह नै विभाजित बनेको छ । पार्टीको १४ औं महाधिवेशनको दौरान समूह विभाजित बनेको हो । शेखर कोइराला सभापतिको उम्मेदवार हुँदै गर्दा अन्य नेताहरु भने शेरबहादुर देउवाको पक्षमा उभिएका छन् ।

शेखरले सभापतिमा उम्मेदवारी दिँदै गर्दा सुजाता कोइरालाले यसअघि नै प्रकाशमान सिंहको समूहबाट उम्मेदवारी घोषणा गरेकी थिइन । उनले समूह नै परिवर्तन गरेर उम्मेदवारी दिँदै गर्दा डा. शशांक कोइराला भने मौन बसेका थिए । तर, दोस्रो चरणको निर्वाचनमा भने शशांक पनि देउवा पक्षमा खुलेका छन् ।

पहिलो चरणको निर्वाचनमा मौन बनेका कारण देउवा समूहले पनि उनको नाम आफ्नो प्यानलमा राखेर मत मागेको थियो । उनलाई शेखर र देउवा दुवै प्यानलले मत मागेका थिए ।

सभापतिका अन्य उम्मेदवारहरु प्रकाशमानसिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ्गले देउवालाई समर्थन जनाउने घोषणा गरेसँगै शशांक पनि उनको पक्षमा उभिएका हुन् । शशांश यसअघि आफुँ स्वंय नै सभापतिको उम्मेदवार बन्ने तयारीमा थिए ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १६:४९ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...