back
CTIZAN AD

ओलीको विवादास्पद टिप्पणी : ज्ञानेन्द्र र प्रचण्डबीच साँठगाँठ भएपछि नै देशमा उधुम मच्चियो

वि.सं.२०७८ मंसिर २९ बुधवार

654 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन राजा ज्ञानेन्द्र शाहले माओवादीको सहयोगमा देशमा उधुम मच्चाएको टिप्पणी गरेका छन् । बुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

तत्कालिन समय लोकतान्त्रिक शक्तिहरुलाई ज्ञानेन्द्र र प्रचण्ड मिलेर सिध्याउने प्रयास गरिएको ओलीको टिप्पणी छ । ‘माघ १९ मा पार्टीहरूको कुनै मतलबै भएन, आफैँले घोषणा गरेर आफ्नै हातमा शासन लिएर ज्ञानेन्द्रले उधुम मच्चाए’, ओलीले भनेका छन्, ‘प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर नै त्यो उपद्र भएको थियो ।’

ओलीका अनुसार प्रचण्डको सहयोग पाएर नै तत्कालिन राजा ज्ञानेन्द्रले नै तत्कालिन समय देशव्यापी अभिनन्दन कार्यक्रम चलाएका थिए । पार्टीहरु खेदिएको रुकुम र रोल्पामा ज्ञानेन्द्र शाहले कसरी अभिनन्दन चलाए भन्दै उनले ५ बुँदे गुप्त सहमति पछि नै सबै खेल भएको बताए ।

‘६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति गरेर ज्ञानेन्द्रले देशव्यापी अभिनन्दन कार्यक्रम चलाए, लोकतान्त्रिक शक्तिहरुले पाइलो टेक्न नसक्ने रुकुम रोल्पामा ज्ञानेन्द्र जाने अवस्था बन्यो’, ओलीले भनेका छन्, ‘काठमाडौंमा पनि हिँडेर अभिनन्दनका कार्यक्रम भए, को थियो त्यो त्यसरी स्वागत गर्ने ?’

उनले जनयुद्ध धोकाधडीपूर्णं र प्रतिक्रियावादी साँगगाँठबाट विकास भएको बताएका छन् । जुन समूह अहिले पनि सक्रिय रहेको उनको भनाई छ । ओलीले भनेका छन्, ‘जनयुद्ध एकखालको धोकाधडीपूर्णं खेल थियो । त्यो एउटा प्रतिक्रियावादी साँठगाँठ थियो । जसको शिकार नेपाल भइरह्यो । त्यसको मार अहिले पनि हामीले खाइरहेका छौं । अहिले पनि केही स्वार्थी मान्छे त्यसका पछाडि कुँदिरहेका छन् ।’

यस्तो छ जनयुद्धबारे ओलीको टिप्पणी

महान जनयुद्ध भनेर युवा, महिला र पिछडिएका जनतालाई उरालियो, सेन्टिमेन्टमा ल्याइयो । युवाहरु ज्यान दिन तयार भए, होमिए तर, परिवर्तन भएन । हतियार कहाँबाट आयो ? त्यता पट्टि फर्किएर हेर्न दिइएन । एउटा सेन्टिमेन्ट ल्याइयो तर, यति बुझिएन, यति हेरिएन, कहाँबाट कसले हतियार दिँदैछ नेपालमा अस्थिरता ल्याउन ?

नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैनथ्यो किनभने त्यो सफल हुन सुरु गरेकै होइन । त्यो एउटा बारगेनिङ्ग चिप्स थियो । त्रसित, अशान्त, अस्तव्यस्त बनाइदिने र आफ्नो दुनो सुझ्याउने नीतिअन्तर्गतको कुरा थियो ।

अरु देशका तालिम केन्द्रहरुमा तालिम दिइन्थ्यो । त्यो कुनै कथा त होइन नि, तालिम लिएर आएका त छँदै छन् । त्यतिबेला महान् क्रान्तिको सेन्टिमेन्ट त्यतातिर लगियो, बुझ्न उनीहरुले पाएनन् । के गर्न खोजिँदै छ ?

मामुली कर्मचारी, मामुली मान्छेहरु महान नेताको रुपमा प्रस्तुत भए । धोकापूर्णं ढंगले । देशले धेरै दुःख पायो । अहिले पनि अस्थिरताका औजार बनेर त्यस्ता व्यक्तिहरु क्रियाशिल छन् ।

माघ १९ मा पार्टीहरूको कुनै मतलबै भएन, आफैँले घोषणा गरेर आफ्नै हातमा शासन लिएर ज्ञानेन्द्रले उधुम मच्चाए । प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर नै त्यो उपद्र भएको थियो । ६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति गरेर ज्ञानेन्द्रले देशव्यापी अभिनन्दन कार्यक्रम चलाए । लोकतान्त्रिक शक्तिहरुले पाइलो टेक्न नसक्ने रुकुम रोल्पामा ज्ञानेन्द्र जाने अवस्था बन्यो । काठमाडौंमा पनि हिँडेर अभिनन्दनका कार्यक्रम भए । को थियो त्यो त्यसरी स्वागत गर्ने ? त्यहाँ युवाशक्तिलाई निकै दुरुपयोग गरिएको थियो । जनयुद्ध एकखालको धोकाधडीपूर्णं खेल थियो । त्यो एउटा प्रतिक्रियावादी साँठगाँठ थियो । जसको शिकार नेपाल भइरह्यो । त्यसको मार अहिले पनि हामीले खाइरहेका छौं । अहिले पनि केही स्वार्थी मान्छे त्यसका पछाडि कुँदिरहेका छन् ।

वि.सं.२०७८ मंसिर २९ बुधवार १३:५२ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...