back
CTIZAN AD

कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना भोलिमात्रै

वि.सं.२०७८ मंसिर २९ बुधवार

681 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना भोलि बिहीबार मात्रै हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार महामन्त्रीको मतगणना भोली मात्रै हुने भएको हो ।

उनका अनुसार उपसभापतिको मतगणना भने केही समयमै पार्टी कार्यालय सानेपामा हुने भएको छ ।

‘आज हामी उपसभापतिकोमात्रै मतगणना गर्छौं। राति दस बजेसम्म सकिन्छ कि भन्नेछ’, उनले भनेका छन्, ‘महामन्त्रीको भोलिमात्रै गन्न थाल्छौं।’

महामन्त्रीको मतपरिणाम आएसँगै सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना हुने उनले जनाए ।

अब सबै मतगणना पार्टी केन्द्रीय कार्यालयमै हुने उनले जनाएका छन् । उनका अनुसार सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ।

कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।

वि.सं.२०७८ मंसिर २९ बुधवार १५:५० मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...