back
CTIZAN AD

कांग्रेस महाधिवेशन : महामन्त्रीमा देउवा प्यानल कमजोर, निधि प्यानलको विजोग

वि.सं.२०७८ पुस १ बिहीवार

738 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनामा महामन्त्री पदका उम्मेदवार गगन थापा निकै अगाडि देखिएका छन् ।

२१२० मत गन्दा थापाले १३८५ मत ल्याएका छन् । जुन ६० प्रतिशतभन्दा माथि हो ।

मतगणनाको पछिल्लो नतिजामा थापासँगै अर्का उम्मेदवार विश्वप्रकाश शर्मा पनि देखिएका छन् । उनले हालसम्मको मतगणनामा ८५१ मत पाएका छन् ।

थापा र शर्मा पछि अन्य उम्मेदवारहरुको भने केही कमजोर उपस्थिति छ । मतपरिणामअनुसार प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२१ र मीनेन्द्र रिजालले ३६५ मत पाएका छन् । यस्तै राजाराम कार्कीले हालसम्म ५९ मत पाएका छन् ।

सबैभन्दा धेरै मत पाएर अग्रता कायम गरेका गगन थापा कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्मा प्रकाशमान सिंह प्यानलका उम्मेदवार हुन् ।

देउवा प्यानलका उम्मेदवार महत र पौडेल हुन् । यता निकै नै नगन्य मत पाएका कार्की विमलेन्द्र निधि प्यानलका उम्मेदवार हुन् ।

सभापतिमा दोस्रो चरणको निर्वाचनबाट थप मोर्चाबन्दीसहित जित हाँसिल गरेपनि शेरबहादुर देउवा नेतृत्वको प्यानल महामन्त्रीको पदका लागि भएको निर्वाचनमा भने निकै कमजोर सावित भएको छ । थापा र शर्माका अगाडि देउवा पक्षका उम्मेदवारहरु निकै फिका देखिएका छन् ।

 

वि.सं.२०७८ पुस १ बिहीवार १३:२८ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...