back
CTIZAN AD

नेपाली जनप्रगतीशल मन्च बेल्जियमको अध्यक्षमा प्रकाश पौडेल

वि.सं.२०७८ पुस ४ आइतवार

801 

shares

बेल्जियम । नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् ।

बेल्जियमको ब्रुगेमा सम्पन्न मन्चको १२ औं अधिबेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

मन्चका इन्चार्ज जित लामाका अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा डिल्ली राम भण्डारी, भीम सुवेदी, पवन सुवेदी, मनिष गुरुङ, ठाहिला चामलिङ, निर्मला बजगाई, सचिवहरूमा सावित्री भारती, तेज अर्याल, लोक बहादुर नेपाली, सीता दाहाल, कोषाध्यक्ष लक्ष्मी सुवेदी, सह–कोषाध्यक्षमा मखन नेपाली चयन भएका छन् ।

त्यसैगरी मन्चको सदस्यहरुमा कर्ण बिक, श्याम ढकाल, एडी शेर्पा, रमेश कार्की, सबिन न्यौपाने, मिन्ड गुरुङ, गणेश घिमिरे, चित्र बहादुर सिह, रश्मी न्यौपाने, सुशीला खतिवडा, समिता सुबेदी, दिल बहादुर शेर्बुजा, लक्ष्मी पाण्डे, मनसुवा परियार, रविन श्रेष्ठ, सुजन ढकाल, कृष्ण सुनार, श्याम बुढा, सरस्वती सुवेदी, साधना बोहोरा र खेम न्यौपाने चयन भएका छन् ।

त्यस्तै मञ्चको इन्चार्जमा जित बहादुर लामा र महासचिव कल्पना मगरलाई चयन गरिएको छ ।

अधिबशनमा प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले पार्टीमा गुट उपगुटको क्रियाकलाप बन्द गरेर समग्र पार्टीको हित र एकताका लागि एक पटक सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताएकाम थिए ।

त्यसैगरी कार्यक्रमा उपस्थित प्रवास कमिटी अध्यक्ष ओम शर्माले पार्टीका नेताहरू बिग्रिएपनि कार्यकर्ताहरू नबिग्रिएको भन्दै जनताले अझैपनि माओवादीलाई आफ्नो अभिभावकको रूपमा हेरेको बताए ।

कार्यक्रममा पार्टी प्रवास समन्वय समितिका सचिव टीवी पाठक, युरोप अध्यक्ष सुरेन्द्र भुषाल, मगर राष्ट्रिय मुक्ति मोर्चा प्रवास ईन्चार्ज तथा प्रवास कमिटी सदस्य वीरमान मगर, अध्यक्षहरू मान बहादुर गुरुङ–बेलायत, धर्मराज खतिवडा–अष्ट्रिया, संघर्ष केसी–नेदरल्याण्ड, गोबिन्द भण्डारी–जर्मनी, विशाल ढुंगाना–स्पेन, महेन्द्र खड्का–डेनमार्कको उपस्थिति रहेको थियो ।

त्यस्तै जनप्रगतिशील मोर्चाको तर्फबाट मेख गुरुङ, एनआरएन बेल्जियम अध्यक्ष खडक बहादुर केसी, तमु राष्ट्रिय मुक्ति मोर्चा युरोप ईन्चार्ज मनिस गुरुङ, जनसम्पर्क समिति बेल्जियमका महामन्त्री कमल सिटौला तथा राज गौतम पोर्चुगल र अच्युत फुयाल–स्वीटजरल्यान्डबाट सहभागिता रहेको थियो ।

जित लामाको सभापतित्व, प्रकाश पौडेलको सञ्चालन तथा कल्पना मगरको स्वागत मन्तव्य रहेको थियो ।

 

वि.सं.२०७८ पुस ४ आइतवार १४:४५ मा प्रकाशित

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...