back
CTIZAN AD

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ : मन्त्री रेग्मी

वि.सं.२०७८ पुस ९ शुक्रवार

654 

shares

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री रेग्मीले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु हिंसालगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले देशव्यापी अभियान नै सञ्चालन गर्ने बताईन् । उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका निम्ति महिला स्वयं सक्रिय हुनुपर्ने उल्लेख गर्दै महिलालाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा ल्याउन आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन । मन्त्री रेग्मीले महिला अधिकारसँग जोडिएका कानून निर्माण, संशोधन वा महिलाको अधिकारका निम्न काम गर्न सल्लाह÷सुझाव दिन सबैमा आग्रह गरिन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले तयार गरेको ६ वर्षे रणनीतिमा एकल महिलाको विषयवस्तुलाई समावेश गरेको उल्लेख गर्दै मानव अधिकारसँग जोडिएका एकल महिलाका सवालमा आयोगले अझै सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले एकल महिलाको अधिकारका निम्ति आफ्नो नगरपालिकाले सक्रियताका साथ काम गर्दै आएको जानकारी दिए । सत्तरीभन्दा बढी जिल्लाका एकल महिला समूहको प्रतिनिधित्व गर्दै विभिन्न जिल्लाबाट २५० एकल महिला सहभागी सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

एकल महिला समूह २०५२ सालमा स्थापित भई एकल महिला सवलीकरण, सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक न्यायका लागि र समग्र एकल महिलाका हकअधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी सामाजिक संस्था हो । सबै जिल्लाको विभिन्न गाविस तथा नगरपालिकामा समूह गठन गरी सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै एकल महिलालाई ससम्मान पहिचान तथा परिर्वतनका बाहकका रुपमा तयार गर्नसमेत संस्था स्थापनाकालदेखि अग्रसर रहँदै आएको छ । एकल महिलालाई ५५ वर्षको उमेरमा भत्ता उपलब्ध गराउने निर्णयप्रति एकल महिला समूहले सरकारको ध्यानाकर्षण गराएको छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १६:४५ मा प्रकाशित

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती...

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...