back
CTIZAN AD

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह : पार्टी कार्यालयदेखि पार्टी प्यालेससम्म छलफल हुने

वि.सं.२०७८ पुस १२ सोमवार

708 

shares

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि माओवादी केन्द्रले २५ वटा समूह बनाएको छ । सोमवारको बन्दसत्रबाट राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाइएको हो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताएअनुसार मंगलबार दिनभरि ती समूहहरुलाई छलफलको समय दिइएको छ । प्रचण्डको प्रतिवेदनमाथि मंगलवार सामूहिक छलफल गर्ने र बुधवार बन्दसत्रमा छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम रहेको उनले बताए ।

छलफलको लागि प्रज्ञा प्रतिष्ठानका हल, माओवादी पार्टी कार्यालय पेरिसडाँडा, ए वान पार्टी प्यालेस, क्वालिटी ब्याङ्क्वेट र बानेश्वर ब्याङ्क्वेट तोकिएको छ । उनका अनुसार छलफलका लागि अधिकांश समूहले प्रज्ञा प्रतिष्ठानकै हल उपयोग गर्ने छन्। केही समूहले पार्टी कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसमा पनि छलफल गर्ने छन्।

कुन समूहको कहाँ छलफल ?

१. ज्येष्ठ कम्युनिस्ट मञ्च- प्रज्ञा भवन
२. सल्लाहकार परिषद- प्रज्ञा भवन
३. सल्लाहकार परिषद- प्रज्ञा भवन
४. प्रदेश १ क – भानुभक्त हल प्रज्ञा
५. प्रदेश १ ख- भानुभक्त हल प्रज्ञा
६. प्रदेश २ क- पारिजात हल प्रज्ञा
७. प्रदेश २ ख- पारिजात हल प्रज्ञा
८. लुम्बिनी प्रदेश क- पुस्तकालय हल प्रज्ञा
९. लुम्बिनी प्रदेश ख- पुस्तकालय हल प्रज्ञा
१०. गण्डकी प्रदेश क- पेरिसडाँडा
११. गण्डकी प्रदेश ख- पेरिसडाँडा
१२. प्रवास- पेरिसडाँडा
१३. कर्णाली प्रदेश क- ए वान पार्टी प्यालेस
१४. कर्णाली प्रदेश ख- ए वान पार्टी प्यालेस
१५. सुदूरपश्चिम प्रदेश क- ए वान पार्टी प्यालेस
१६. सुदूरपश्चिम प्रदेश ख- ए वान पार्टी प्यालेस
१७. विभाग क- क्‍वालिटी ब्याङ्क्‍वेट
१८. विभाग क- क्‍वालिटी ब्याङ्क्‍वेट
१९. उपत्यका विशेष प्रदेश- क्‍वालिटी ब्याङ्क्‍वेट
२०. सम्पर्क समन्वय क- क्रिष्टल पार्टी प्यालेस
२१. सम्पर्क समन्वय ख- क्रिष्टल पार्टी प्यालेस
२२. बागमती प्रदेश क- वानेश्वर ब्याङ्क्‍वेट
२३. बागमती प्रदेश ख- वानेश्वर ब्याङ्क्‍वेट
२४. आयोग- काठमाडौं ब्याङ्क्‍वेट
२५. जवस,मोर्चा इन्चार्ज, कार्यालय, एकता- काठमाडौं ब्याङ्क्‍वेट

वि.सं.२०७८ पुस १२ सोमवार १७:४० मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...