back
CTIZAN AD

जनता क्याम्पस र माविका छात्रछात्राबाट मुसहरबस्तीलाई सहयोग

वि.सं.२०७३ फागुन २५ बुधवार

1K 

shares

२५ फागुन,बर्दिवास । महोत्तरीको बर्दिवास–२ मा निर्माण भइरहेको एकीकृत नमुना मुसहर बस्तीको सहयोगार्थ बर्दिवास जनता बहुमुखी क्याम्पस र जनता माध्यमिक विद्यालय बर्दिवासले संयुक्तरुपमा रु ६२ हजार ६ सय ५५ सहयोग रकम बुझाएका छन् ।

क्याम्पस र माविका छात्रछात्राले आफ्नो खाजा खर्चबाट बचाएका रकम, शिक्षक र व्यवस्थापन समितिबाट प्राप्त सहयोगसमेत गरी क्याम्पस र माविका तर्फबाट संयुक्तरुपमा मङ्गलबार साँझ बस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई रकम हस्तान्तरण गरिएको हो ।

बस्ती निर्माणमा आफ्नो खाजा खर्च कटौती गरेर रकम सङ्कलन गरेका क्याम्पस र माविका छात्रछात्राले नमुना मुसहर बस्ती निर्माणमा एक साता सामूहिक श्रमदान गरिसकेका छन् । विद्यालय र क्याम्पसबाट प्राप्त श्रमदान र सहयोग रकमले आपूmहरुलाई काम अघि बढाउन ऊर्जा प्राप्त भएको फाउन्डेसनका अध्यक्ष हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) ले बताउनुभयो ।

यसअघि सोमबार बर्दिवासका उद्यमी–व्यापारीले आपूmहरुबाट सङ्कलित रु सात लाख ३८ हजार आठसय ९७ फाउन्डेसनलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै, बर्दिवास–१ का बासिन्दा एवम् नेपाली काँग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमालले आफ्नो ३५औँ वैवाहिक वर्षगाँठ समारोहको खर्च कटौती गरेर रु ५१ हजार फाउन्डेसनलाई हस्तान्तरण गर्नुभएको छ ।

बर्दिवास–१ कै अर्को सामुदायिक विद्यालय देउराली माविका शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका सदस्यले आपूmहरुबाट सङ्कलित रु ५१ हजार फाउन्डेसनलाई हस्तान्तरण गरिसकेका छन् । देउराली माविका शिक्षक र विद्यार्थीसमेत ५० जनाले त एकदिन बस्तीमा सामूहिक श्रमदानसमेत गरेका फाउन्डेसनका अध्यक्ष धुर्मुस (सीताराम कट्टेल)ले जानकारी दिनुभयो ।

गत पुस २५ गते शिलान्यास गरिएको मुसहर बस्ती निर्माणमा अझै रु दुई करोड अपुग रहेको फाउन्डेसनले जनाएको छ । जम्मा रु चार करोड ७८ लाखको अनुमानित लागतमा निर्माण थालिएको नमुना बस्तीको ७५ प्रतिशत काम सकिएको परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताउनुभयो ।

आउने नयाँ वर्ष (२०७४ वैशाख १)का दिन ५० परिवार मुसहरलाई घर हस्तान्तरण गरिने लक्ष्यसाथ काम भइरहेको परियोजनामा खुला हृदयले सकेको सहयोग गर्न फाउन्डेसनका अध्यक्ष धुर्मुसले सहयोगी मनसित अपिल गर्नुभएको छ ।

वि.सं.२०७३ फागुन २५ बुधवार ०५:२१ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...