काठमाडौं । नेकपा (माओवाद केन्द्र)को निर्वाचन आयोगले आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनको लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । यसअघिको निर्वाचनका कार्यतालिकालाई संशोधन गर्दै आयोगले नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
नयाँ निर्वाचन तालिकाअनुसार केन्द्रीय सदस्य पदको उम्मेदवारको मनोनयन दर्ता अपरान्ह ४ बजेदेखि ६ बजेसम्म गरिनेछ भने उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन साँझ ६ः३० बजेसम्म गरिनेछ । उम्मेदवारको विरोधमा ७ बजेसम्म उजुरी दिने र उजुरीको सूचना ७ः१५ सम्म दिइने जनाइएको छ ।
आयोगका अनुसार उम्मेदवारको नाम फिर्ता ८ः३० बजेसम्म गरिने र अन्तिम नामावली प्रकाशन ८ः४५ बजेसम्म हुने जनाइएको छ । आयोगले जनाएअनुसार सोमबार बिहान ८ बजेदेखि दिउसो १ः२५ बजेसम्म मतदान हुनेछ । मतदान समाप्त भएको १ घण्टा लगत्तै मतगणना हुने आयोगले जनाएको छ ।
माओवादी केन्द्रको निर्वाचन आयोगले यसअघि शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । आयोगले आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तर, सहमतिको लागि नेताहरु छलफलमा जुटेसँगै निर्वाचनमा कार्यतालिका प्रभावित बनेको थियो ।
यस्तो छ पूर्णं कार्यतालिका

वि.सं.२०७८ पुस १८ आइतवार १४:२७ मा प्रकाशित






























