back
CTIZAN AD

भाइको उपचारका लागि भन्दै दिल्ली गएकी आरजुले किन भेटिन् भाजपाका नेतालाई ?

वि.सं.२०७८ पुस १८ आइतवार

819 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा यतिबेला भारत भ्रमणमा छिन् । उनले भारतीय सत्तारुढ दलका नेताहरुसँग भेटघाट गरिरहेकी छिन् ।

आरजुले नयाँ दिल्लीमा सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग विशेष भेटघाट गरेकी छिन् । उनले गरेको भेटलाई चौथाइवालेले सामाजिक सञ्जाल ट्वीटमार्फत सार्वजनिक गरेका थिए । उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘निजी भ्रमणमा दिल्लीमा रहेकी डा. आरजु राणा देउवासँग मेरो आज अत्यन्त सौहार्दपुर्ण भेट भयो ।’

भाइको उपचारका लागि भन्दै दिल्ली गएकी थिइन आरजु

आरजु गत पुस ११ मा मुटुको समस्याबाट पीडित भाइ भुषण राणाको उपचारका लागि भन्दै नयाँ दिल्ली गएकी थिइन् । उनका भाइको उपचार दिल्लीस्थित फोर्टिज अस्पतालमा जारी छ । बताइएअनुसार त्यहाँ आरजुका भाइको मुटुको सल्यक्रिया भएको छ ।

दिल्ली यात्रा नितान्तः पारिवारिक र स्वास्थ्य उपचारका लागि भएको कुरा आरजुले बताएकी थिइन् । उनले कुनै पनि राजनीतिक भेटघाट नगर्ने भनेकी थिइन् ।

देउवा भ्रमणको चाँजोपाँजो मिलाउँदै

राजनीतिक भेटघाट नगर्ने भनेकी आरजुले दिल्लीमा भने गोप्य रुपमा राजनीतिक भेटघाटलाई बढाएकी छन् । आरजुले बढाएको भेटघाटलाई प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारीको रुपमा हेरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्यमा हुन लागेको भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा  सहभागि हुन प्रधानमन्त्री देउवा पुस २६ मा गुजरात जाँदैछन् । मोदी उक्त समिटमा नेपालसहित दक्षिण एसियाली अन्य मुलुकका राष्ट्र प्रमुखलाई पनि आमन्त्रण गरेको छ ।

तर, प्रधानमन्त्री भए यताको पहिलो भारत भ्रमणका भएको कारण देउवाले उक्त भ्रमणलाई राजनीतिक बनाउन खोजेको बुझिएको छ । कांग्रेस उच्च स्रोतले बताएअनुसार देउवाले भ्रमणलाई राजकीय बनाउन प्रयास गरेका छन् । आरजुको भेटघाटलाई सोही प्रयासको निरन्तरताको रुपमा बुझिएको छ । यसअघि स्कटल्याण्ड भ्रमणका क्रममा देउवाले मोदीसँग साइडलाइन भेट गरेका थिए ।

वि.सं.२०७८ पुस १८ आइतवार १५:४७ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...