Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज शुक्रवारको राशिफल भन्छ-आज यी ५ राशिकालाई हुनेछ विशेष फाइदा !



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। तर पहिलेका कमजोरी बाहिर आउनाले काममा केही समस्या पर्न सक्छ। तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ। नोकरी तथा पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। सामाजिक जिम्मेवारी बढ्नेछ। तर अरूका लागि बुद्धि खर्चनुपर्नेछ। शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती पार लगाउन सफल भइनेछ। नयाँ काम सुरु हुनेछ। मिहिनेतको प्रतिफल प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा घर–व्यवहारमा पनि समस्या आउन सक्छ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न बोली–व्यवहारमा सजग रहनुपर्ला। काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरका साथै चुनौतीसमेत देखा पर्नेछन्। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य–समस्याले काममा बाधा हुनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। काम थाल्न उपयुक्त साइत प्रतीक्षा गर्नुहोला। शुभचिन्तकहरूले साथ दिनेछन्।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। गुरुजनको साथ–सहयोग जुट्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। परिस्थितिवश नियमित काम अधुरो रहला। बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ। नतिजा कमजोर देखिनाले काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। तत्कालको फाइदा हेर्दा लाभांश गुम्न सक्छ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही विवादास्पद काममा जुट्नुपर्ने परिस्थिति रहनेछ। पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्ने सम्भावना छ। अवसर आए पनि मौकामा सहयोगी नजुट्दा कम उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा केही अवसर भने प्राप्त हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर हुने समय छ। प्रतिस्पर्धीहरू अगाडि उभिनेछन्। योजनाहरू गोप्य राखेर काम गर्नुपर्ला

२०७८ पुस ३० गते, शुक्रवार,( १४ जनवरी २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज बिहीवारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष फाइदा ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके