काठमाडौं । निर्वाचन आयोगले आज बिहान ११ बजेका लागि सर्वदलीय बैठक डाकेको छ ।
स्थानीयतहको निर्वाचनका विषयमा छलफल गर्नका लागि आयोगले कान्तिपथस्थित आयोगको कार्यालयमा सर्वदलीय बैठक बोलाएको हो ।
उक्त सर्वदलीय बैठकमा माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभको निर्वाचन, स्थानीयतहको निर्वाचन, मतदाता नामावली अद्यावधिक लगायतका विषयमा छलफल गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
स्थानीयतहका जनप्रतिनिधिको म्याद २०७९ जेठ ५ गते सकिने हुनाले कानुन अनुसार म्याद सकिनु २ महिना अघि नै निर्वाचन गर्नुपर्नेछ । आयोगले र्बैशाखमा स्थानीयतहको निर्वाचनको तयारी गरिरहेको बताइएको छ ।
वि.सं.२०७८ पुस ३० शुक्रवार ०८:५२ मा प्रकाशित




























