back
CTIZAN AD

चार बैंकको ८० करोड भन्दा बढी रकम डुबाएर फरार भयो अग्रवाल परिवार

वि.सं.२०७८ माघ २ आइतवार

1.2K 

shares

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक अग्रवाल परिवार बेपत्ता भएको छ ।

एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एसिया बैंक र ग्लोबल आईइमई बैंकबाट ८० करोड भन्दा बढी ऋण लिएर काठमाडौंको दरबार मार्गमा ग्रीनलाइन सेन्टर प्रा.लिका नाममा मदिरा व्यवसायी गर्दै आएको ओम प्रकाश अग्रवाल परिवारका नौ सदस्यसहित फरार भएको आइतवारको गोरखापत्र दैनिकमा समाचार छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी सुदीप गिरीले अग्रवाल परिवार सम्पर्क बिहीन बनेको सूचनापछि थप अनुसन्धान थालेको बताएका छन् ।
उनले सो सम्बन्धमा अझै औपचारिक उजुरी नपरेको र उजुरी परेपछि विस्तुतृ रुपमा अनुसन्धान थालिने बताएका छन् ।

प्रहरीको मालीगाउँबाट खटिएको प्रहरी टोलीले अग्रवालकी छोरीको उपस्थितिमा पुष २२ गते अग्रवाल परिवार बस्दै आएको ज्ञानेश्वरस्थित घरमा खानतलासी गर्ने क्रममा ओमप्रकाश अग्रवाल, श्रीमती उषा अहग्रवाल, छोराहरु अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेको पत्र भेटिएको थियो । उक्त पत्रमा बैंक, बित्तीय संस्था र व्यक्तिगत ऋण तिर्न नसक्ने अवस्था बनेपछि आफुहरु सम्पर्क विहिन बन्न परेको उल्लेख थियो ।

अहग्रवाल परिवारले नेपालमा २५ वर्षदेखि मदिार व्वयसाय गर्दै आएको थियो ।

 

वि.सं.२०७८ माघ २ आइतवार ०९:०५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...