back
CTIZAN AD

सरकारद्धारा २८ जिल्लामा भूमि आयोगमा अध्यक्ष नियुक्त (सूचीसहित)

वि.सं.२०७८ माघ २ आइतवार

822 

shares

काठमाडौं । सरकारले २८ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त गरेको छ ।

भूमि आयोग गठन भएको चार महिनापछि ती जिल्लामा अध्यक्ष नियुक्त गरिएको हो । पुष २१ गते मन्त्रिपरिषद्को निर्णय अनुसार आयोगको २८ जिल्ला समितिमा अध्यक्ष नियुक्त गरिएको हो । मन्त्रिपरिषद्को शूक्रवारको निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रवारदेखि लागू हुनेगरी जिल्ला अध्यक्ष हरुलाई नियुक्ति पत्र प्रदान गरेको हो ।

कुन जिल्लामा को नियुक्ति भए त ?
मन्त्रिपरिषद्को निर्णय अनुसार ताप्लेजुङमा कृष्ण कुमार बस्नेत, इलाममा भरतबहादुर खत्री, ओखलढुंगामा अशोक कुमार कार्की, पाँचथरमा दिनेशकुमार लावती, झापामा तिलकसिंह पाण्डे, सुनसरीमा भगिरथ खत्वे, भोजपुरमा दिलकुमार राई, काभ्रेमा हरि बहादुर केसी, धादिङमा कृष्ण प्रसाद अर्याल, तनहुँमा रामचन्द्र अधिकारी, कास्कीमा गंगाप्रसाद पोखरेल, बागलुङमा धर्म बहादुर कुँवर, लमजुङमा दामोदर अधिकारी, रुपन्देहीमा हरिबहादुर आचार्य, अघाँखाँचीमा यादव घिमीरे, गुल्मीमा राम मल्ल ठकुरी, सुर्खेतमा श्रीधर पौडेल, दैलेखमा नयराम थापा, प्युठानमा इमानसिं खड्का, डडेल्धुरामा शेरबहादुर भण्डारी, कन्चनपुरमा देवेन्द्रराज ढुंगाना, धनकुटामा बल बहादुर राई, उदयपुरमा बलबहादुर तामाङ, मोरङमा सुशीला घिमीरे, नुवाकोटमा अर्जुन प्रसाद न्यौपाने, चितवनमा बद्रीनाथ तिमिल्सीना, सिन्धुलीमा रामकुमार पौडेल र मकवानपुरमा विष्णु प्रसाद दाहाल नियुक्त भएका छन् ।

नियुक्त अध्यक्षहरुमा सत्तारुढ गठबन्धनमा सहभागी पाँच दलमध्ये भागबन्डाका आधारमा नेपाली कांग्रेसका १३, माओवादी केन्द्रका ८, एकिकृत समाजवदाीका ३, जनमोर्चाका २ र समाजवादी पार्टीका २ जना रहेको बताइएको छ ।

वि.सं.२०७८ माघ २ आइतवार ०९:४१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...