
२ माघ, काठमाडौँ । भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीले कप्तानीबाट राजीनामा दिएका छन । उनले शनिबार सामाजिक संञ्जाल मार्फत एक विज्ञप्ति जारी गर्दै कप्तानीबाट राजीनामा दिएको जानकारी गराएका हुन ।
कोहलीले सन् २०१४ देखि टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका थिए । विराट कोहलीकाे कप्तानीमा भारतले ६० टेस्ट खेल खेलेको थियो जसमा भारतले ४० खेलमा जित हासिल गरेको थियो भने १७ खेलमा हारको सामना गरेको थियो । त्यसैगरी ११ खेल भने बराबरीमा रोकिएको थियो ।