back
CTIZAN AD

अफगानी जनताका लागि सहायता सामग्री बोकेर उड्यो नेपाली टोली

वि.सं.२०७८ माघ २ आइतवार

663 

shares

काठमाडौं । अफगानी जनताका लागि मानविय सहायता सामग्री बोकेर नेपाली टोली कावुलतर्फ प्रस्थान गरेको छ ।

अफगानि जनताका लागि सहायता समाग्री बोकेर नेपाली टोली आज कावुल प्रस्थान गरेको हो ।

हिमालयन एयरलाइन्सको जहाजबाट कावुल उडेको उक्त जहाजमा औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री रहेका छन् । उक्त टोलीले त्यहाँ स्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा समाग्री छोडेर आजै स्वदेश फर्किने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सममेलनमा मन्त्री खड्काले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्र संघको त्यहाँस्थित कार्यालयले उपलब्ध गराएको सूची अनुसारका झण्डै १४ टन सामग्री जहाजमा रहेको पनि मन्त्री खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौं, तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ ।’ मन्त्री खड्काले भने ।

मन्त्री खड्काले उक्त सामग्री कावुल पुर्याउन हिमालयन एयरलाईन्सले निःशुल्क सेवा दिएको जानकारी दिँदै सामग्रीहरु समेत व्यवसायीले उपलब्ध गराएको बताए । उनले उक्त कार्यका लागि संयुक्त राष्ट्र संघ, महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको सहयोग रहेको समेत बताए ।

अफगानिस्तानमा गतवर्ष अगस्टमा तालिवान शासन स्थापना भएपछि त्यहाँ ठूलो मानविय संकट उत्पन्न भएको छ । संयुक्त राष्ट्र संघले बारम्बार अफगानिस्तानमा मानविय संकट बढ्दै गएको भन्दै सहयोगको आव्हान समेत गरिरहेको छ । व्याप्त आर्थिक सङ्कट उत्पन्न भएसँगै त्यहाँका कयौ उद्योगधन्दाहरु समेत बन्द भएका छन् ।

वि.सं.२०७८ माघ २ आइतवार १०:१५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...