back

के थियो धुर्मुस-सुन्तलीबिरुद्ध अधिकारीले अख्तियारमा दिएको उजुरीमा ? (पूर्ण पाठसहित)

वि.सं.२०७८ माघ ३ सोमवार

681 

shares
NTC AD
Global IME AD

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस सुन्तली फाउन्डेशन विरुद्ध चितवनका त्रिकेटर अनिल अधिकारीले अख्तियारमा उजुरी दिएका छन् ।

कट्टेल अध्यक्ष र घिमीरे उपाध्यक्ष रहेको उक्त फाउन्डेशनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा व्यापाक अनियमितता भएको भन्दै त्यसको छानविन गर्नका लागि अधिकारीले उजुरी हालेका हुन् ।

‘२ अरब अनुमानित बजेट लाग्ने योजना भनेर स्थानीय साझेदार भरतपुर महानगरपालिका र हास्य कलाकार धुर्मुस अर्थात् सिताराम कट्टेल र ‘सुन्तली’ अर्थात् कुन्जना घिमीरे श्रीमान श्रीमती नै अध्यक्ष उपाध्यक्ष रहेको र काठमाडौंको बानेश्वरमा कार्यालय रहेको धुर्मुस सुन्तली फाउन्डेशन नामक संस्थाले यस परियाजेना मार्फत् देश विदेशमा रहेका नेपालीहरुबाट चन्दा संकलन र भरतपुर महानगरपालिकाबाट रु ५६ करोड भन्दा बढी रकम उठाइ हाल सो रंगशालाको सरकारी इन्जिनियरबाट मूल्यांकन गर्दा १४ प्रतिशत पनि निर्माण कार्य पूरा नगरी उल्टै सरकार र नेपाली जनतालाई आरोप प्रत्यारोप गरी १७ करोड उल्टो ऋण सो संस्थालाई तिनुपर्ने रकम देखाई परियोजना अलपत्र पारेर फरार रहेकोमा निजहरुलाई पक्राउ गरी आर्थिक अवचलन र ठगी मुद्दा चलाउन भनि सम्पूर्ण चितवनवासी र क्रिकेट खेलाडीहरुको प्रसितनिधित्व गर्दै श्रीमान समक्ष यो निवेदन पेश गर्दछु ।’

अधिकारीले नेपाली युवाहरु माझ लोकप्रिय बनेको क्रिकेट खेललाई प्रयोग गरेर क्रिकेट संघलाई समेत नजर अन्दाज गरी भारत र पाकिस्तानको जस्तो क्रिकेट मैदान बनाउँछु भन्दै कहिले रुदै र कहिले हाँस्ने विभिन्न नाटक गरेर रकम उठाएको आरोप समेत उजुरीमा लगाएका छन् ।

‘अभियन्ता बनि करोडौं रकम उठाएका दम्पत्तीको निजी सम्पत्ती र जीवनशैलीको बारेमा बिभिन्न टिका टिप्पणी हुँदै गर्दा पनि कुनै सरोकारवाला निकायहरुले ध्यान नदिँदा नेपालमा ‘समाजसेवा’ भन्ने शब्द नै विकृत भइ जनताको नजरमा गिर्दै गएको र गम्भीर सामाजिक समस्यामा पर्दै गएको अवस्थामा नीजहरु माथि अनुसन्धान गरी सत्य तथ्य बाहिर आउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै इज्जत बढ्ने हुँदा यो उजुरीलाई विशेष रुपमा चासो दिँदै अगाडि बढाउनु हुन अनुरोध गर्दै श्रीमान समक्ष आफ्नै हातले लेखी निवदेन पेश गरेको छु ।’ उजुरीमा भनिएको छ ।

अधिकारीले माघ २ गते आइतवार हालेको उजुरीका सम्बन्धमा धुर्मुस सुन्तलीले भने कुनै आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।

 

 

वि.सं.२०७८ माघ ३ सोमवार १५:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...