back
CTIZAN AD

सुदूरपश्चिम प्रदेशका लागि ‘एनआरएनए मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण

वि.सं.२०७८ माघ ३ सोमवार

603 

shares

धनगढी । सुदुरपश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैंक बस हस्तान्तरण गरिएको छ ।

धनगढीमा सोमबार आयोजित हस्तान्तरण कार्यक्रममा एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई उक्त बस हस्तान्तरण गरेका हुन् ।

May be an image of 2 people, balloon and outdoors

 

उक्त मोबाइल ब्लड बैंक बसका लागि विश्वभरी रहेका एनआरएनहरु, एनआरएनएका राष्ट्रिय समितिहरु, सुदूरपश्चिम अन्तर्राष्ट्रिय समाजका शाखाहरु, देश बिदेशका सुदूरपश्चिमलाई माया गर्ने दाताहरु तथा संघ सस्थाको सहयोग रहेको एनआरएनएका निवर्तमान कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् । थापाले सबैको सहयोगमा सुदुरपश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैंक बस हस्तान्तरण गर्न पाएको खुसी व्यक्त गर्दै सबैमा आभार समेत व्यक्त गरेका छन् ।

May be an image of 5 people and people standing

 

उक्त बस हस्तान्तरण कार्यक्रममा एनअरएनए कुमार पन्त, पूर्वअध्यक्ष जिवा लामिछाने, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल, केन्द्रीय सल्लाहकार कुल आचार्य, उपाध्यक्ष डा. बद्री केसी लगायत अन्य पदाधिकारी तथा स्थानिय सरकारकारका प्रतिनिधि सरोकार वालाहरुको उपस्थिति रहेको थापाले बताए ।

 

 

धनगढी उपमहानगरपालिकाको संरक्षक्त्वमा रहने गरि , नेपाल रेडक्रस सोसाइटी कैलालीले सुदुर पश्चिमका सबै जिल्लाहरुमा यसको सेवा संचालन गर्ने बताइएको छ ।

वि.सं.२०७८ माघ ३ सोमवार २१:३८ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...