back
CTIZAN AD

कहिले होला प्रदेश १ को नामाकरण ?

वि.सं.२०७८ माघ ४ मंगलवार

798 

shares

काठमाडौं । मुख्यमन्त्री बन्ने समय राजेन्द्र राईले आफुँ निर्वाचित भएलगत्तै प्रदेश १ को नामाकरण गर्ने घोषणा गरेका थिए । कात्तिक दोस्रो साता मुख्यमन्त्री बनेका राईले साढे दुई महिना बित्दासमेत त्यतातिर ध्यान दिन सकेका छैनन् । प्रदेश २ को नामाकरण टुंगो लागेसँगै भने उनीमाथि थप दबाव बढेको छ ।

यसैबीच मुख्यमन्त्री राईले संसद बैठक बस्न नसक्दा नामाकरणको काममा ढिलाइ भइरहेको बताएका छन्। उनले नामाकरणको विषय संसदको भएको कारण बैठक बस्न नसक्दा हुन नसकेको बताए ।

“नामाकरणको विषय संसदले टुंगो लगाउने हो, नयाँ सरकार बनेयता संसद बैठक भएको छैन”, मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “माघ २० गतेसम्ममा हिउँदे अधिवेशन सुरु गरी प्रदेशको नाम टुंगो लगाउन अघि बढ्ने छौँ। संसद र सांसदले नामको विषय टुंगो लगाउनुपर्ने भएपनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिकामा रहने छौँ ।”

संविधानतः सरकार गठन भएको ६ महिनाभित्र प्रदेशको नामाकरण गरिनुपर्दछ । तर, तत्कालिन मुख्यमन्त्री शेरधन राईले नामाकणको मिति तोक्ने र सार्ने मात्रै काम गरेका थिए । राई पछिका भीम आचार्यले पनि नामाकरणको विषयमा चाँसो नै दिन सकेनन् ।

प्रदेशको नामको विषयमा संसदको ठूलो पार्टी एमालेभित्र विवाद छ । सत्ता गठबन्धनका दलहरुभित्र पनि नाममा सहमति छैन् । दलहरुका बीचमा किराँत, कोशी, सगरमाथा, विराटलगायतका नाम चर्चामा रहेका छन्।

वि.सं.२०७८ माघ ४ मंगलवार १७:४५ मा प्रकाशित

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...