back
CTIZAN AD

संघीयता प्रशासनिक विकेन्द्रीकरण मात्र होइन-मन्त्री राजेन्द्र श्रेष्ठ

वि.सं.२०७८ माघ ४ मंगलवार

1.7K 

shares

सुरेश चाम्लिङ्ग, न्युहेम्प्शायर । संघीय मामीला तथा सामान्य प्रसाशन मन्त्री राजेन्द्र श्रेष्ठले नेपालको अहिलेको संघीयता प्रशानिक विकेन्द्रीकरण जस्तो मात्र रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) को जनजागरण तथा सुदृढीककरण अभियान ‘सुज’ अन्तर्गत नेपाली समाज अमेरिकाद्धारा भर्चुएल जुममार्फत आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै  प्रमुख अतिथि रहेका मन्त्री श्रेष्ठले संघीयता भनेको प्रशासनिक बिकेंद्रीयता मात्र नभएर बिबिध जातजाती, भाषा भाषिका, बिभिन्न वर्ग, तह र बिबिध भूगोलमा बस्ने जनताहरुको उचित ब्यवस्थापन रहेको बताए ।

No description available.

‘संघीयताले जस्तो समाज छ उस्तै राज्य निर्माणको बिधि तय गर्छ । यसका लागि संबिधान कानुन परिवर्तन गर्नुपर्छ सरकारले चाहेर मात्र यो सम्भव छैन तर प्रयास जारी छ । ’  पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका  श्रेष्ठले भने ।

सोहि भेलामा विदेश बिभाग इन्चार्ज आङ्गकाजी शेर्पाले बिभिन्न प्रश्नहरुको जवाफ दिँदै पार्टीको नीति, शिल्पी दलित पिछडिएका वर्गहरुलाई राज्यको पहुँचमा पुर्याउने पार्टीको मुख्य अभियान रहेको बताउँदै यी जातिको अधिकारको कुरो उठाउदा कोहि पनि आत्तिनु नपर्ने बताए ।No description available.

‘ श्रमजीवि शासित ब्राह्मण समुदायको लागि पनि हाम्रो अभियान हो । सिंगो राज्यसत्ता एकल धार्मिक, भाषिक, सांस्कृतिक भयो भन्दा श्रमजीवि शोषित ब्राह्मण समुदायहरु समेत कम्मर कसेर बिरोध गर्नुहुन्छ ।’ शेर्पाले भने ।

त्यस्तै पार्टीको सल्लाहकार डा. महेन्द्र लावतीले नेपालमा राज्यहरु १०+१ हुनुपर्ने भन्ने पार्टीको नीति हो भने प्रदेश मोर्चा पनि त्यतिनै हुनुपर्ने बताउँदै तर अहिले जसपाले ७ प्रदेशको प्रदेश समिति बनाएको परिवर्तन गर्नुपर्छ भनेर नै हो ।

No description available.

कार्यक्रममा बिभिन्न सहभागीले प्रश्नहरु गरेका थिए ।

सभाको बिसर्जन गर्दै नेपाली समाज अमेरिकाको अध्यक्ष समीर महर्जनले सबैलाई धन्यवाद दिएका थिए । मर्हजनले बिभिन्न देशको फरक समयको वाबजुद पनि झण्डै पाँचघण्टा धैर्य भएर बसेकोमा सहभागी सबैमा आभार व्यक्त गरेका थिए ।

महासचिव मनु लोहरुंग राई र सल्लाहकार पार्वती थापाको संचालन रहेको उक्त कार्यक्रममा वरिस्ठ उपाध्यक्ष लिला राईले स्वागत मन्तव्य र संस्थाका बारेमा सुरेश चामलिंगले प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा बिभिन्न देशका प्रवास प्रतिनिधिहरुले भाग लिएका थिए । पार्टीको प्रवास प्रदेश बिशेष समीतिका अध्यक्ष धन गुरुङ युके, कोषाध्यक्ष धन बिक, सचिव मनिष यादव र मनिज गौतम सहभागी थिए ।

त्यस्तै नेपाली समाज इजरायलको अध्यक्ष अनिला मोक्तान तामाङ्गको नेतृत्वमा १० जना, जापान अध्यक्ष पेम्बा शेर्पा सहित २ जना, अध्यक्ष दर्पण गुरुङ कोरिया, अध्यक्ष तेज मोक्तान कतार, अध्यक्ष बीरेन्द्र नेगी, भोज राज न्यौपाने, भानु प्रसाद गौतम मलेशिया, अध्यक्ष निर्मल स्याङ्गताङ्ग कुवेत, प्रतिनिधी मनोज गौतम हंगकंग, प्रतिनिधी प्रमोद श्रेष्ठ युएई,जनता समाजवादी पार्टी केन्द्रीय सल्लाहकार गुरुप्रसाद राई सहित ५१ जनाको उपस्थिति रहेको थियो ।

वि.सं.२०७८ माघ ४ मंगलवार २०:२१ मा प्रकाशित

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...