back
CTIZAN AD

होबार्ट विरुद्ध ग्लेन म्याक्सवेलले खेले १५४ रनको पारी, यस्तो रह्यो सन्दिपको प्रदर्शन

वि.सं.२०७८ माघ ५ बुधवार

693 

shares

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको पारी खेलेका छन । उनले ६४ बलमा १५४ रनको पारी खेलेका हुन । म्याक्सवेलले ४१ बलमा आफ्नो सतक पुरा गरेका थिए । उनको यस बिग ब्यास लिगको यो दोस्रो सतक हो । त्यसैगरी जो क्लार्कले ३५, निक लार्किन ३ र मार्कस स्टोइनिसले ७५ रनको पारी खेलेका थिए ।

टस हारेर पहिले ब्याटिङ्ग गरेका मेलबर्न स्टार्सले २० ओभरमा २ विकेट गुमाएर २७३ रन बनाएको छ । होबार्टका लागि बलिङ्गमा जोश कान र जोर्डन थम्पसनले समान १/१ विकेट लिएका थिए । नेपाली युवा खेलाडी सन्दिप लामिछाने भने आफ्नो ४ ओभरमा ५२ रन खर्चेर विकेट विहिन रहेका थिए ।

मेलबर्न विरुद्ध जित हासिल गर्नको लागि होर्बाले २० ओभरमा २७४ रन बनाउन पर्ने छ ।

वि.सं.२०७८ माघ ५ बुधवार १६:१८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...