back
CTIZAN AD

राष्ट्र बैंकले माग्यो ७ लाख बढी नगद कारोबार गर्नेको विवरण

वि.सं.२०७८ माघ २१ शुक्रवार

624 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।

राष्ट्रबैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र सो परिमाणमा कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन माघ १८ गते पत्राचार गरेको थियो ।

विभागका निर्देशक रोशनकुमार सिग्देलले जारी गरेको पत्रमा चालु आवको चालु आवको ६ महिनाको अवधिमा भएका ७ लाख बढीको नगद कारोबार गर्नेको विवरण उपलब्ध गराउन भनिएको छ । पत्रको जवाफ माघ २४ गतेसम्म उपलब्ध गराउन केन्द्रीय बैंकले निर्देशन गरेको छ ।

‘यस विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले त्यस बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाका विषयमा स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको विदितै छ, सोही सन्दर्भमा त्यस बैंकबाट २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म प्रति कारोबार ७ लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबारहरुको तोकिएको ढाँचामा विभागको इमेलमा माघ २४ गतेभित्र उपलब्ध गराइदिनु अनुरोध छ,’ नेपाल राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागद्वारा जारी पत्रमा लेखिएको छ ।

किन माग्यो राष्ट्र बैंकले कारोबारको विवरण ?
नेपाल राष्ट्र बैंक बैंकहरुको नियमन, अनुगमन, सुपरिवेक्षण र नियन्त्रण गर्ने केन्द्रीय बैंक हो । त्यसैले केन्द्रीय बैंकको हैसियतले राष्ट्र बैंकले आवश्यकता अनुरुप विभिन्न बैंक तथा वित्तीय सँस्थाहरुसंग तथ्यांक तथा सूचनाहरु माग्न सक्छ । केन्द्रीय बैंकले ७ लाखभन्दा बढी नगद कारोबार गर्ने कारोबारीको विवरण किन र के प्रयोजनका लागि माग्यो ? तर यस पटक केन्द्रीय बैंकले जारी गरेको पत्रले बैंकहरु मात्रै नभएर बैंकिङ च्यानलमार्फत ठुलो कारोबार गर्ने ग्राहकहरुलाई समेत तरंगित बनाएको छ ।

पत्रमा राष्ट्र बैंकले बैंकहरुको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाका विषयमा स्थलगत तथा गैर–स्थलगत सुपरीवेक्षण गर्ने सन्दर्भ उल्लेख गरेको छ । तर उक्त अवस्थाको बारेमा जाँच गर्नका लागि वा अन्य के प्रयोजनका लागि यसपटक सूचना माग गरिएको हो भन्ने सन्दर्भमा भने उल्लेख गरिएको छैन् । केन्द्रीय बैंकले कुनै उद्देश्य निर्धारण गरेर विशेष विवरण संकलन गर्ने कार्यमा जुटेको हुनसक्छ । तर उसले अहिले नै आशंका गरिएका वा उत्सुक्ता जनाइएका विषयको जवाफ दिइहाल्ने देखिँदैन् ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले सञ्चार माध्यमसँग कुरा गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकले विभिन्न विवरणहरु माग गर्नु नियमित प्रक्रिया नै रहेको बताएका छन् । तर, अहिले नै विवरण माग गर्नुको कारण भन्ने पक्षमा राष्ट्र बैंक नभएको उनले बताएका छन् । ‘हामीले विवरण माग गरेर यो नै गर्छौं भनेर अहिले नै भन्दैनौं, यसको प्रयोजन के भन्ने विषयमा पनि खुलाउन मिल्दैन, हामीले बैंकहरुलाई विभिन्न सूचनाहरु माग गरिरहेका हुन्छौं, ती सूचना माग गर्नुको आ–आफ्नै प्रयोजन हुन सक्छन्,’ सहप्रवक्ता पोखरेलले सञ्चार माध्यमलाई बताएका छन् ।

पछिल्लो समयमा नेपाल राष्ट्रबैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, सट्टाबाजी, हाइपर फन्ड, नेटवर्किङ बिजनेस लगायतका क्षेत्रमा हुने गरेको लगानीलाई सुक्ष्म अनुसन्धान गर्दै कानुनको दायरामा ल्याउने पहललाई बढाइरहेको देखिन्छ । केहि महिना यताको समयमा राज्यले त्यस्ता अवैधानिक क्षेत्रमा लगानी गर्ने थुप्रै संख्याका मानिसहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउने काम गरिएको छ । झण्डै १० औं लाख नेपालीहरु क्रिप्टोकरेन्सी, सट्टाबाजी, भर्चुअल करेन्सी, आदि जस्ता राज्यद्वारा अवैधानिक मानिएको क्षेत्रमा सहभागी हुँदै आएको अनुमान गरिएको छ ।

चालु आवको ६ महिना अवधिमा रेमिट्यान्स आप्रवाह घट्ने र व्यापार घाटा बढ्दै जाने कुराले मुलुकमा विदेशी मुद्राको सञ्चिीतीमा समस्या देखिँदै गएको छ । अवैधानिक क्षेत्रमार्फत विदेशी मुद्रा बाहिरिने क्रम बढेको विभिन्न अनुसन्धान देखाएको छ ।

राष्ट्रबैंकले जारी गरेको पत्रमार्फत ७ लाखभन्दा बढी नगद कारोबार गर्ने ग्राहकको नाम, खाता नम्बर, कारोबार गरेको रकम, कहिले र किन निकालेको हो, लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनु भनेर बैंकहरुलाई भनेको छ ।

यसरी संकलन गरिएको विवरणमार्फत केन्द्रीय बैंकले कुन नेपाली नागरिकले के प्रयोजनका लागि ७ लाख भन्दा बढिको नगद कारोबार गरिरहेको छ भन्ने कुरा थाहा पाउन सक्ने र अवैधानिक कारोबारमा संलग्न रहेको वा नरहेको समेत जानकारी पाउन सक्नेछ । राष्ट्रबैंकले बैंकहरुबाट विवरण संकलन गरेर थुप्रै प्रकारका अवैधानिक कारोबारलाई अनुगमन गर्दै नियन्त्रण गर्न सक्ने स्रोत बताउँछ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार ०९:०७ मा प्रकाशित

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...