२५ माघ, काठमाडौँ । आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ मा सहभागि हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज बेलुका ओमान जाँदैछ ।
ग्लोबल छनोट अन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।
जसमा समूह एकमा नेपाल, ओमन, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । ओमनमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् ।
वि.सं.२०७८ माघ २५ मंगलवार १२:४५ मा प्रकाशित


























