काठमाडौं । गाँजाको नाम सुन्ने वित्तिकै मनमा मातेको तस्बिर बन्न थाल्छ तर जङ्गलमा चर्को रुपमा पाइने यो बिरुवा कोरोना भाइरसको संक्रमणबाट बच्न रामवाण हुने साबित भएको छ । जर्नल अफ नेचुरल प्रोडक्ट्समा प्रकाशित नयाँ अनुसन्धानले गाँजाको बोट कोरोना संक्रमणविरुद्ध प्रभावकारी रहेको निष्कर्ष निकालेको हो ।
अनुसन्धानमा सहभागी वैज्ञानिकहरूका अनुसार गाँजाको बोटमा क्यानाबिस सेटिभा नामक केही यौगिकहरू छन्, जसको सहायताले भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ। यसअघि लेथब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले पनि यस विषयमा अनुसन्धान गरेका थिए ।
![]()
यस्तो छ अनुसन्धानको निष्कर्ष
गाँजा र कोरोनाभाइरस बीचको सम्बन्ध बुझ्नको लागि, ग्लोबल हेम्प इनोभेसन सेन्टर, कलेज अफ फार्मेसी र अमेरिकाको ओरेगन राज्यको लिनस पाउलिंग संस्थानका वैज्ञानिकहरूले अनुसन्धानमा सँगै काम गरेका छन्।
अनुसन्धानमा, गाँजाको बोटमा पाइने दुई यौगिकहरू, क्यानाबिगेरोलिक एसिड (सीबीजीए) र क्यानाबिडियोलिक एसिड (सीबीडीए) अध्ययन गरिएको थियो । वैज्ञानिकहरूले पत्ता लगाएअनुसार यौगिकहरू कोरोना भाइरसको स्पाइक प्रोटीनसँग जुध्न सक्षम छन्।
यहाँ ध्यान दिनुपर्ने कुरा यो हो कि भाइरसको यो स्पाइक प्रोटीन मानव शरीरमा प्रवेश गर्छ र तिनीहरूको कोशिकाहरूलाई क्षति पुर्याउँछ। वैज्ञानिकहरूका अनुसार यदि हामीले यस स्पाइक प्रोटिनलाई गाँजामा पाइने कम्पाउन्डमा जोड्यौं भने यसले हाम्रो शरीरमा संक्रमण गराउन सक्षम हुनेछैन।
कोरोना भ्याक्सिन बनाउन गाँजा प्रयोग गर्न सकिने
गाँजामा पाइने एसिडले हाम्रो शरीरलाई राम्रो सुरक्षा दिन्छ। तसर्थ, वैज्ञानिकहरूले भविष्यमा भ्याक्सिन बनाउन र कोरोना भाइरसलाई लक्षित गर्न एन्टिबडीहरू विकास गर्न प्रयोग गर्न सकिने बताएका छन् ।
हाल, गाँजाको बोटमा पाइने यौगिकहरू फाइबर र जनावरहरूको खानाको स्रोतसमेत हुन्। तिनीहरू सामान्यतयाः कस्मेटिक्स, लोशनलगायतमा प्रयोग भइरहेका छन् । एजेन्सीबाट
वि.सं.२०७८ माघ २५ मंगलवार १३:२० मा प्रकाशित






























